४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहनलाई पृथ्वी पुरस्कार


१ आश्विन २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१ असोज ०७६, ललितपुर । नेपाल प्रज्ञा प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘पृथ्वी प्रज्ञा पुरस्कार’ पदान गर्ने भएको छ । चार लाख रुपैयाँ राशिको रहेको यो पुरस्कार मंगलबार बसेको प्राज्ञासभाले निर्णय गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी प्रज्ञा पुरस्कार हरेक चार वर्षमा प्रदान गर्दै आएको छ ।
प्रज्ञाले दुई वर्षमा प्रदान गर्ने नेपाल प्रज्ञा सामाजिकशास्त्र संस्कृति तथा दर्शनशास्त्र पुरस्कार नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. त्रिरत्न मानन्धर,लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि लाख रुपैयाँ रहेको छ । हरेक १ वर्षमा वितरण गरिने साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मी, २०७६ का लागि भागीरथी श्रेष्ठ, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा(साहित्य), २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा(साहित्य)लाई प्रदान गरिने भएको छ
साथै प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय ग्र्ने भएको छ । प्रत्येक दुई वर्षमा दिइने गर नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि भने एक लाख हुनेछ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।