६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी सडक विस्तारको विरोधपछि पक्राउ सायमी रिहा


७ आश्विन २०७६, मंगलबार  

0
Shares

पक्राउ परेका सुमन सायमी ।

७ असोज ०७६, ललितपुर । उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीसहित ४ जनालाई प्रहरीले रिहा गरेको छ । ललितपुर टौखेल गोदावरी सडक विस्तारको विरोधमा उत्रेका भुषण बज्राचार्य, कृष्ण मानन्धर पनि रिहा गरिएको हो । महानगरिय प्रहरी वृत सातदोवाटोका डिएसपि गौतम मिश्रले छलफलका क्रममा ल्याएको र चारै जनालाई छोडिएको जानकारी दिए ।
सोमबार बाडेगाँउ सडक विस्तारको क्रममा डोजर चलिरहेको अवस्थामा सडक विस्तारको विरोधपछि उनीहरुलाई सोमबार अपरान्ह १२ बजे प्रहरीले पक्राउ गरेको थियो । सायमीका अनुसार मंगलबार साँझ सातदोबाटो प्रहरीले ८ घण्टा थुनेर छोडेको हो ।

नीजि सम्पतीमाथि हस्तक्ष्ोप गरेको भन्दै संघर्ष समितीका संयोजक सायमी गोदावरी क्षेत्र पुगेको बताएका छन् ।
पक्राउ गर्दा सायमीको हातमा सामान्य चोट समेत लागेको बताए । प्रहरीले ८ घण्टासम्म थुन्दा केही खानसम्म नदिएको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ६ : २१ बजे