८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सहकारीको साधारणसभा सडकमा


१२ आश्विन २०७६, आइतबार  

0
Shares

साधारण सभाका लागि राखिएको पाल । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१२ असोज ०७६, ललितपुर । नयाँ आर्थिक बर्ष पुरा भएसँगै आजकल राजधानीका टोल टोलमा साधारण सभा चल्दैछ । धेरै सहकारीहरुले महँगो पार्टी प्यालेसमा मासु भात खुवाएर साधारण सभा सपन्न गर्छन् ।
तर ललितपुर ठेचोस्थित सोनाम सहकारीले भने आफ्नै कार्यालयअगाडि सडकमा पाल टागेर साधारण सभा ग¥यो ।
सहकारीका अध्यक्ष सिताराम श्रेष्ठले खर्च कटौती गर्न आफ्नै कार्यालय अगाडि सडकमा साधारण सभा गरेको जानकारी दिए । भने,एक लाख पनि खर्च हुँदैन । सहकारीले सहभागी सदस्यहरुलाई लन्च बक्स खुवाएको थियो । कार्यक्रममा लामो भाषण भएन ।
हामी मितव्ययी तरिकाले सहकारीको गतिविधि गरिरहेका छौं । सकेसम्म खर्च बचाएर लाभ दिन चाहन्छौं । श्रेष्ठले भने ।
यस बर्ष औंषधि उपचार खर्च १५ प्रतिशत दिदैछ । ४६८ जना सदस्य छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : ४० बजे