९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दशैंमा मासु खाने र नखानेबीच बहस


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

अन्तक्र्रियामा सहभागीहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१४ असोज ०७६, ललितपुर । दशैंमा मासु खाने कि नखाने भन्ने सन्र्दभमा पशु अधिकारवादी र सरोकारवालाबिच ललितपुरको भेटेनरी अस्पतालमा सोमबार अन्र्तक्रिया भएको छ । विश्व पशुपञ्छी दिवसको सन्दर्भ र दशैंको पुर्वसन्ध्यामा पशु अधिकारका विषयमा गहन छलफल चलेको हो ।
पशु विभागका पशु अधिकृत लोकनाथ पौडेल तत्काल माछा मासु खाने संस्कृती छोड्न नसकिने भए पनि पशुलाई अमानवीय व्यावहार बन्द गर्नु पर्ने बताए ।


नेपालमा पशु कल्याणको अवस्थाबारे कार्यपत्र पेश गर्दै पौडेलले नेपालमा पशु कल्यार्णको ऐन नहुँदा पशुलाई निदयी व्यावहार गर्नेलाई सजाय हुन नसकेको बताए । उनले भने,‘यथेष्ट कानून नभए पनि २०६३ सालमा निर्देशिका आएपछि सुधार हुँदै आएको छ ।’
भेटेनरी अस्पतालका पशु सेवा विज्ञ डा. नारायण श्रेष्ठले किसानले बुढो र रोगी भएपछि मात्रै पशु बिक्रि गर्ने नत्र आम्दानी खाने प्रवृतिले सर्वसाधारणहरुले अस्वस्थ्य मासु खाई रहेको तर्क गरे । उनले भने,‘पशुमाथि आधुनिक युग शुरु भएदेखि निर्दयी व्यावहार बढ्दै छ ।


बजारमा ल्याइने राँगा भैसीको पुच्छर र नत्थी बाँधेर यातना दिदै शहर ल्याउने,बाछा सडकका छोड्ने र गोरु कुटेर जोत्नेजस्ता यातनाजन्य व्यावहार बन्द गरिनु पर्ने विषयमा आवाज उठेको थियो ।
सहभागी सरोकारवालाहरुले नगरपालिकाले सडकबाट गाई गोरु धपाएर कहाँ लैजाने भन्ने विषयमा अन्यौल रहेको बताएका थिए । उनीहरुले किसान इमानदार नभएसम्म सडकमा गाईगोरु देखिरहने तर्क गरे ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : १० बजे