१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मिर्गौला तस्करको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जना पक्राउ


२९ आश्विन २०७६, बुधबार  

0
Shares

 

२९ असोज २०७६,ललितपुर। मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित पाँच जनालाई पक्राउ गरिएको छ।

ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोमा प्रत्यारोपण गरेको आरोप लागेको हो।

मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरिएको छ।

त्यसैगरी उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही गरिने ब्युरोका प्रवक्ता गोविन्दप्रसाद थपलियाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।