९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जावलाखेल चौरमा ढकमक्क फूलैफूल


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

प्रर्दशनीमा राखिएको फूलहरु । तस्विरः फ्रिकल्चर एशोसिएसन

१ कार्तिक ०७६, जावलाखेल । ललितपुरको जावलाखेल चौरमा शुक्रबार ढकमक्क फुलहरु फुलेका थिए । चिडियाघर अगाडि जावलाखेल फुटवल मैदानमा विभिन्न नर्सरीहरुले गोदावरीका फुलहरु प्रर्दशनीमा राखेका हुन् ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा शुक्रबारदेखि तेह्रौं संस्करण शुरु गरिएको हो । यहाँ गोदावरी फूलको प्रर्दशनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु प्रर्दशनीमा १६ प्रजातीका विभिन्न गोदावरीका फूलहरु देख्न सकिन्छ ।


फूलहरुको पर्व तिहारको पुर्वसन्ध्यामा राजधानीका गृहणी फुल किन्न जावलाखेल पुग्ने गरेका छन् । यहाँ राजधानीका नाम कमाएका ४४ वटा फूलहरुको स्टल रहनेछन् । ३ वटा सूचनामुलक स्टल र २ वटा गोदावरी फूलहरुको स्टल राखिने मेला संयोजक शिव बहादुर खड्काले बताए ।
मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । फ्यानले उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको छ । प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टीपीआर मितेरी नर्सरी दोस्रो र टीटीआर बङ्गलामुखी नर्सरी तेस्रो भएका छन् । त्यस्तै, मिनियचरतर्फ अजिमा नर्सरी र कट फ्लावरतर्फ सिर्जना ‘कट फ्लावर’ नर्सरी पुरस्कृत भएका छन् ।


खड्काले यस बर्ष ३० हजार अवलोकनकर्ता सहभागी हुने अनुमान गर्दै भने,६० लाखभन्दा ज्यादा फूल विक्रि हुने अपेक्षा छ ।
प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : १२ बजे