९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शुभकामना कार्यक्रममा सत्ताका कुरा


३ कार्तिक २०७६, आइतबार  

0
Shares

चियापान कार्यक्रममा सहागी काँग्रेस नेताहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
३ कार्तिक ०७६, ललितपुर । तरुण दल ललितपुर क्षेत्र नं.१ ले आयोजना गरेको चियापान कार्यक्रममा शुभकामना आदान प्रदान भन्दा पनि सहभागी नेताहरुले सरकारको आलोचना गरेका छन् ।
दिपावली नेपाल सम्बत् र छठलगायतको पर्वहरुको अवसरमा तरुण दल ललितपुर १ ले शुभकामना साटासाट कार्यक्रम राखिएको थियो । कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशरण महतले उहिलेको माओवादी खाओवादी भएको र अहिलेको सत्तासिन सरकार कमाउनिष्ट भएको तर्क गरे ।
ललितपुर १ तरुण दलका सभापति कमल लोले केन्द्रले आदेश दिए सरकारविरुद्ध सडकमा आगो बाल्न चाहेको बताए । उनले भने,‘हामी सडकबाटै सरकार फ्याक्न चाहान्छौं ।’
नेपाली काँग्रेस ललितपुरका सभापति मदन अमात्यले गुटका कारण काँग्रेसले काँग्रेसकै भोट माग्नु पर्ने अवस्था आएको बताए । एक जुट भएर अघि बढ्ने भने निर्वाचनमा कम्युनिष्ट सरकार हरोन सकिन्छ ।
अरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारले जस जसले भोट दियो उसलाई मात्रै सुविधा दिएको आरोप लगाए । उनले भने,जसले कम्युनिष्ट सरकारसँग विकाश र सुविधा माग्छ । हामीलाई भोट दियौं र ? भन्ने गरेको छन् ।’
नेता महतले काँग्रेसले निर्वाचनमा २६ प्रतिशत भोट हात पारेकोले हार्नु परेको बताउदै अर्को चुनावका लागि १० प्रतिशत मत मात्रै बढाउन सके चुनाव जित्ने तर्क गर्दै भने,‘अव आजैदेखि चुनावको तयारी गर्नुपर्छ । निर्वाचनको १÷२ दिन प्रचार गरेर निर्वाचन जित्न सकिदैन ।’
महतले आफूपक्षिय संचारमाध्यको सहयोग लिएर निर्वाचनअघि प्रचार तिब्र पारिने बताएका थिए ।
भर्खरै कम्युनिष्ट पार्टी छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका नेता रामकृष्ण हुमागाईले नेपालमा सच्चा कम्युनिष्ट नभएको तर्क गर्दै सरकारमा सामेत भएकाहरुले कमाउन बाहेक केह ीगर्न नसकेको भन्दै आक्रोस पोखे ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ५३ बजे