८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउको भागावन चुचुरोमा हनुमानको मूर्ति राखिने


१० जेष्ठ २०७७, शनिबार  

0
Shares


लपु संवाददाता
१० जेठ ०७६, ललितपुर । मध्यललितपुरको चापागाँउको शिर भागाबनमा हनुमानको मूर्ति प्रतिश्थापनको लक्ष्यसहित सिडी बाटो निर्माण शुरु भएको छ ।
ललितपुरका प्रदेश सासंद चेतनाथ सञ्जेलले प्रदेशको बजेटबाट यो योजना अघि बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बहुवर्षिय योजना स्वरुप अहिले ३१ लाख ४३ हजार खर्च भएको छ ।’ सासंद सञ्जेलका अनुसार १ लाख ६२ हजार जनश्रमदान समेत यसमा समेटिनेछ ।

निर्माण गरिएको सिडी बाटो । तस्विरहरु ः ललितपुर खबर

वागमती प्रदेश सरकारको लगानीमा निर्माण शुरु यो आयोजनाको यस बर्षको काम पूरा भएको उपभोक्ता समितीका अध्यक्ष रामप्रसाद घिमिरेले ललितपुर खबरलाई बताउनु भयो । अध्यक्ष घिमिरेका अनुसार ३१ लाख ४३ हजार बजेट विनियोजना भएकोमा सो बजेटबाट ३८४ मिटर सिडि निमार्ण भएको छ ।
यस मध्ये १ लाख ६२ हजार जनश्रमदानबाट विर्होनु योजना छ । इष्टिमेट सम.मिती अध्यक्ष घिमिरेले इष्टममेटभन्दा ४० मिटर बढी बाटो बनाइएको बताउनु भयो । उहाँले भन्नुभयो हामीले ५० लाख बजेट आवश्यक छ भनेका छौं ।
भएको मन्त्री पर्यटनमन्त्री अरुण नेपाल र भौतिक योजना तथा निर्माण मन्त्री रामेश्वर फुँयालले केही दिनअघि यो सडकको अनुगमन गर्नु भयो ।

भागावनबाट देखिएको शहर ।

दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउलाई आन्तरिक धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि भागावन उपयुक्त रहेको स्थानीय युवा तथा उपभोक्ता समिती सदस्य सन्तोष लामिछानेले बताउनु भयो ।
ललितपुरको लेले र चापागाँउकोबीच भागमा रहेको भागावनबाट काठमाडौं उपत्यकासँगै उत्तरी हिमालहरु मनास्लु, गणेश,लाङ्गटाङ्ग,दोर्जे लाक्पा,मकालुलगायतका स्प्रष्ट देख्न सकिन्छ ।
चापागाँउ उपत्यकाकै महत्वपूर्ण चार वाराहीमध्ये बज्रवाराही मन्दिर अवस्थित छ । यहाँबाट नजिक उपत्यकाको महत्वपूर्ण सरस्वतीकुण्ड, तिलेश्व्र महादेव,मनकामना मन्दिर, नजिकै झरुवारशीमा सन्तानेश्वर महादेव, गोदावरी कुण्डलगायत एतिहासिक एवं पवित्र धार्मिक रहेका छन् ।
केही बर्ष पहिले यो ठाँउमा सैनिकको तालिम गर्ने ठाँउ रहेको स्थाानीयहरु बताउछन् । ऐतिहासिक पुरातात्विक महत्वका कुनै पनि मठ मन्दिर भने यस ठाँउमा रहेको पाइदैन ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : १६ बजे