८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


फैजी किरासँग लड्दै ललितपुरका घुसेलबासी


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
२९ जेठ ०७७, घुसेल । ललितपुर घुसेल मानडाँडाका श्याम थिङ्ग बुधबार मकै बारीमा विषदी हाल्दै थिए । बारीका मकै भटाभट मर्न थालेपछि थिङ्गले विषदी हाल्न थालेका हुन् ।
केही दिन अघि गुबो मर्न थालेपछि थिङ्ग आजकल बारीमा मकै सखाप हुने चिन्तामा छन् । उनी भन्छन्, ‘हल्ला अमेरिकी फैजी किराको छ । तर यहाँ कोही जाँच गर्न आएको छैन । स्थानीय सरकारको सहयोग छैन ।’
बारीमा भटाभट मकै मर्न थालेपछि विषदी खोज्न निस्केका थिङ्ग लक डाउनका कारण जिटिओ खोर्न नपाएको बताउछन् । उनी भन्छन्,‘चापागाँउको दुलाल एग्रोभेट पुगेर निमेक्स र दादागार्ड प्लस ल्याएर हाले ।’ भेटेनरी पसलका लोकराज दुलालले अमेरिकी किराकै प्रकोप भएको भन्दै विषदी पठाएको थिङ्गको भनाई छ ।
घुसेलकै भद्रबहादुर थापाको बारीमा समेत किराको प्रकोप देखा परेको छ । बारीमा मकै गोड्दै गरेका थापा किराले लस्करै मकै मार्न थालेको बताउछन् ।


शुरुमा पातका प्याल पार्ने किरा मकैको गुवोमा परेपछि बोट मर्ने गरेको थापा बताउछन् । भन्छन्,‘हाम्रो बाली नास भइसक्यो । जाँच गर्ने कोही छैनन् ।’
वागमती १ वडाध्यक्ष जगत बहादुर लो किरा मार्न विषदी बढिरहेको बताउछन् । उनी भन्छन्,‘वडाका ५०÷६० घरलाई विषदी बाडेको छु । विषदी हालेपछि किरा मरेको छ ।’
प्राविधिकहरुको सल्लाहमा विषदी बाडेको वडाध्यक्ष लोले बताएका छन् । गाँउपालिकाको कृषि शाखाले विषदी दिएकोले खर्चको एकिन नभएको बताउछन् ।
केही हप्ता अघि घुसेको वागमती नदि आसपास देखिएको यो फौजी किरा अहिले लेकतर्फ सर्न थालेको छ ।
तामाङ्ग समुदायको बाहुल्य रहेको यस गाँउमा अमेरिकी फैजी किराकै कारण बर्ष दिन खाने मकै नास हुने चिन्ता बढेको स्थानीय किसान बताउछन् । स्थानीय आशालाल थिङ्ग,सुकमान जिम्मलगायतको बारीमा ज्यादा मकै सेुकेको लोले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : ३० बजे