८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कोरोना नियन्त्रणका कामना गर्दै टिकाभरैवमा पूजा


२४ मंसिर २०७७, बुधबार  

0
Shares

सहभागीहरु टिकाभैरव मन्दिरमा पूजाको क्रममा धिमे बाजा बजाउदै । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
२४ मंसिर ०७७, ललितपुर । दिकाभैरव मन्दिरमा कोरोना नियन्त्रणको कामना गर्दै तान्त्रिक विधिबाट क्षमा पुजा गरिएको छ ।
क्षेत्रपाल भजन मण्डल,नेवा ग्वाली, पकनाजोल युवा समूहले क्षमा पुजा गरेको हो । भैरवले नेपाल मण्डल काठमाडौं उपत्यकालाई थामेको नेवारी समुदायमा जनविश्वास छ ।
कोरोना महामारी नियन्त्रणसँगै यस बर्ष विधिपुर्वक पूज ागर्न नसकिएको भन्दै भैरवसँग क्षमा सहेत मागिएको सहभागी पुस्केन श्रेष्ठले बताए । उनले भने, ‘हामी हरेक वर्ष ५ सयको हाराहारीमा बस रिर्जभ गरेर आउने पूजा गथ्र्यौं । यस वर्ष २५ जना मात्रै आएर पूजा गरेका हौं ।’
भैरव अष्ठमी भैरवको जन्मोत्सवको अवसर पारेर गुरुजी ल्याएर छोटकरी विधि अपनाएर पूजा गरिएको पूजामा सहभागी रोसन श्रेष्ठले बताए ।
समय दोको प्रतिक राखेर चढाएर पूजा गरिएको थियो । आदिमकालदेखि भैरवको जन्मोत्सवको अवसरमा भैरवको पूजा गर्ने गरिएका भएपनि केही बर्षको अन्तरमा गत ३ वर्षबाट पुजा पुजा सुरु गरिएको अर्का सहभागी शाक्यले बताए ।
काठमाडौंको १७ वटा भैरवको मन्दिरमा पूजा गरेर कोरोना नियन्त्रणको कामना गरिएको हो । राजधानीका स्वेत भैरव, काल भैरव,आकाश भैरव, स्वछन्द भैरव,मच्छताल,पचली, किर्तिपुर वाघ भैरव, बुङ्गमतीस्थित रातो भैरव, निल भैरव, बटुक भैरव,आनन्द भैरवलगायत पनौतीसम्म भैरवका भैरवको पूजा गरेर कोरोना नियन्त्रणको कामना गर्दै पूजा गरिएको हो ।

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ११ बजे