८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराहीको मूर्ति हराएको ५२ वर्षपछि चापागाँउमा प्रतिश्थापन गरिदै




ललितपुर खबर
६ बैशाख ०७७, चापागाँउ । बज्रवाराहीको मूर्ति ५२ वर्षपछि ललितपुर चापागाँउ बसपार्कसँगै रहेको आगँछेमा प्रतिश्थापन गरिने भएको छ । नेपाल सरकार पुरातत्व विभाग,गोदावरी नगरपालिका र बज्रवाराही खः गुठीका संयुक्त प्रयासमा मूर्ति प्रतिश्थापन गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।
गोदावरी नगरपालिकाका मेगर गजेन्द्र महर्जनले आज सोमबार ३ बजे ठेचोबाट बाजागाजा सहित मूर्ति ल्याएर चापागाँउ बसपार्कस्थित आगँछे ल्याएर प्रतिश्थापन गर्ने कार्यक्रम रहेको बताए ।
यो मूर्ति ५२ बर्षदेखि स्वयम्भूस्थित संग्रालयमा संरक्षणका लागि राखिएको मेयर महर्जनले बताए । ‘त्यसताका यो मूर्ति बज्रवाराहीस्थित आगक्षेबाट चोरेर त्रिभुवन विमानस्थलमा फ्किएको अवस्थामा भेटिएको थियो । चोरले चोरेर विदेश लैजान नसकेपछि फ्याकिएको आशंकामा यो मूर्ति फ्याकिएको आशंका गरिएको थियो ।’ महर्जनले ललितपुर खबरसँग भने ।
चापागाँउका स्थानीय बासुदेव कर्माचार्यले आगँछेमा मूर्ति राख्दा असुरक्षा भएकाले संग्रालयमा राख्नु परेको बताए । भने, ‘यहाँ कसैले पनि सुरक्षा जिम्मा लिन सकेन त्यसैले संग्रालयमा राखिएको थियो ।’

चापागाँउका स्थानीय उमेश कायस्थले २०२५मा मूर्ति हराएको जानकारी दिए । खः गुठीका सदस्य दयाराम मर्हजनले आफू १२ बर्षको उमेरमा मूर्ति हराएको सम्झना गरे । भने, ‘पुरातत्व विभागको संलग्नतामा अर्को मूर्ति राखिएको छ । जात्राको बेला मैले यही मूर्ति बोकेर डुलाउने गरेको छु ।’
यही वैशाख १३ गते चैत्र पूर्णिमाको अवसरमा बज्रवाराहीको जात्रा हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ४१ बजे