८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मानिखेलको होमस्टेमा पर्यटकको घुइँचो




ललितपुर खबर
१९ असार ०७८, मानिखेल ललितपुर

दक्षिण ललितपुरको माहाकाल गाँउपालिका २ स्थित मानिखेल गाँउमा आजकल पर्यटकको घुइचो लाग्छ । केही बर्ष अघिसम्म नयाँ मान्छे देख्न मुस्किल पर्ने यो गाँउमा सिम्बा झरनाको चर्चा चुलिएसँगै पर्यटकको संख्या बढेको स्थानीय बासिन्दा बताउछन् ।
हुन त माहाकाँल गाँउपालिकामा बैतर्णी धाम, कालेश्वर मन्दिर, चनढुंगा, पोकली झरनालगायत आधा दर्जनभन्दा धेरै रमाइला गन्तव्यहरु छन् । तर सिम्बा झरना हेर्नका लागि जेठदेखि माघसम्म सिजनको बेला पर्यटकहरुको घुइचो रहने स्थानीय बुद्धमान बोम्जन बताउँछन् ।
उनी भन्छन,् यो बेला यहाँ आउने आगन्तुकलाई राख्ने ठाँउ हुँदैन । हामी आफन्त र छरछिमेकमा बास बसाउछौं ।’ उनका अनुसार मानिखेलमा लुकेको घर,सिम्बा होमस्टे,हिरामाया दिदीको होमस्टे,सुरेस होमस्टे,बुद्ध होमस्टे सञ्चालनमा छन् । बोम्जनका अनुसार मानिखेलमा यी होमस्टेहरु रहरले अथवा व्यावसायिक सोचले भन्दा पनि आवश्यकत्ताले खुलेका हुन् । सिम्बा होम स्टे हेर्न आउने आगन्तुक फर्कन नसक्ने अवस्थामा यहाँ बस्ने गरेका छन् । धेरै पर्यटकहरु ललितपुरजस्तो सुगम ठाँउमा बस्न पाइन्छ भन्ने सोचेर आउछन् ।
यहाँका होमस्टे सञ्चालकहरुलाई होमस्टेबारे आधारभूत जानकारी समेत छैन । धेरैले होमस्टे भन्नासाथ क्याफे बुझ्ने गरेका छन् । यो पर्यटकीय स्थलमा सम्बन्धित निकायको ध्यान समेत पुगेको छैन ।
१ वर्षदेखि सिम्बा होम स्टे सञ्चालन गरिरहेकी कृष्णकुमारी भोम्जन होमस्टे व्यवस्थित तरिकाले सञ्चालन गर्न स्थानीय सरकारको अनुमती लिन महाँकाल गाँउपालिका पुगेको बताउछिन् । भन्छिन्, ‘गाँउपालिकामा मात्रै दर्ता गरेर हुने रहेनछ । दर्ता गर्न शहरमा जानु पर्ने र मापदण्ड पुरा गरेपछि मात्रै दर्ता हुने भनेर फर्काए ।’
भोम्जनले आगन्तुक बढ्दै गएको देखिपछि टुंगुन खोला छेउ नयाँ घर बनाएको बताउछिन् । भन्छिन्, ‘बनाएको घर बाढीले बगायो । होमस्टेमा कोठा थपेर पाहुना राख्ने योजना अधुर रह्यो ।’ सिजनमा पाहुना राख्ने ठाँउ नहुँदा पाहुना फर्काउनु परेको उनी बताउँछिन् । स्थानीय अनिता मोक्तानले बस्ने ठाँउ नपाउदा पर्यटक स्थानीय प्रतिक्षालय र चौरमा बसेर फर्केको घटना समेत देखेको बताउँछिन् । यहाँका होमस्टे संचालकहरुले सरकारले दिने अनुदान तालिम लगायत सुविधा नपाउदा पाहुनालाई सत्कार गर्न नसकेको स्वीकार गर्छन् ।
होमस्टे संचालक भोम्जनका अनुसार जेठ असारदेखि भदौ असोजसम्म मानिखेल घुम्म आउने पर्यट कहरुको लस्कर हुन्छ । मानिखेलको बजारभरि मोटरसाइकलले भरिन्छन् । ललितपुर नै त हो भनेर मानिखेल पुग्ने काठमाडौंको युवाहरु बाटो टाढा देखेपछि बस्न खोज्ने गरेको बताउछन् ।
मानिखेलबाट २ किलोमिटर माथि गोटिखेल बजारमा होमस्टे सञ्चालन गरेका इश्वर तिमल्सिना सिजनमा सिम्बा झरना हेर्न आउने पर्यटकले आफ्नो होमस्टे भरिने गरेको स्विकार गर्छन् । भन्छन्, ‘सधै हुदैन । शनिबार थेग्नै सकिन्न ।’ पर्यटक बढ्दै गएको देखेपछि तिमल्सिनाले भर्खरै होमस्टे दर्ता गरेर सञ्चालन गरेका छन् ।
गोटिखेल बजारमै संचालित कोप रिर्सोटका व्यवस्थापक श्यामकाजी बस्नेत पछिल्लो तीन बर्षदेखि पर्यटकहरुको रफ्तार बढ्दै गइरहेको बताउछन् । भन्छन्, ‘यहाँ आउने पर्यटक ३ दिनसम्म भुलाएर राख्न सकिन्छ । कालेश्वर,बैर्तर्णीधाम र सिम्बा झरनासँगै यहाँ अनगिन्ती घुम्ने ठाँउ छन् ।’
उनका अनुसार ५० प्रतिशत कोप रिर्सोटमा घुम्न आउने पर्यटकहरु नै बस्छन् । भन्छन्,‘कोरोना माहामारी नहुदो हो त अहिलेसम्म गोटिखेल आसपासको पर्यटन उद्योगले गति लिई सकेको हुन्थ्यो । आफूहरुले पर्यटकहरुलाई गुणस्तरिय सेवा दिने गरेको उनको दावी छ ।
माहाँकाल गाँउपालिकाका वडाध्यक्ष सञ्चमान स्याङ्गतानले पछिल्लो समय यस स्थानको पर्यटन प्रवद्र्धनका लागि गाँउपालिकाले कार्यक्रम ल्याउन नसकेको स्विकार गर्दै आउँदा बर्षहरुको यस विषयमा ध्यान दिने बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ३ : ०५ बजे