८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गिम्दीमा नारायणको मूर्ति स्थापना गर्दै प्रवासी नेपाली



गिम्दीको एक गाँउ । फाइल तस्विर

ललितपुर खबर
३ साउन ०७८, ललितपुर । प्रवासमा बसेर काम गरिरहेका  गिम्दी प्रबासी युवा समाजका युवाहरुले दक्षिण ललितपुरको गिम्दीको नारायण डाँडामा नारायण मूर्ति स्थापना गर्ने भएका छन् ।
यो नारायण मन्दिरमा रहेको मूर्ति ५० सालतिर चोरी भएको र ठूलादुलुङ्गको गुमराङ्ग भन्ने ठाँउबाट भेटिएपछि ल्याएर स्थापना गरेको मलेसियामा बसेर काम गरिरहेका ललितपुरको गिम्दीका कृष्ण ब जर्घा मगरले ललितपुर खबरलाई बताए ।
उनका अनुसार २०५६ सालमा फेरि यो मूर्ति हरायो । यो मन्दिरमा गिम्दी मगरगाँउका मगर समुदायले मान्दै आएको छन् ।
तर माओवादी युद्धका कारणपछि बास्ता हुन नसकेको र अहिलेसम्म मूर्ति नभेटिएकाले नयाँ बनाउन लागिएको हो ।
मूर्तिको फोटोको आधारमा अर्को मूर्ति १ लाख सम्म खर्चेर बनाउन बनाउने योजना रहेको उनले बताए । उनले भने, ‘आउँदो असोजसम्म सबै पैसा उठ्छ त्यो पैसाले हामी मन्दिर पुर्ननिर्माण गछौं ।’

उनका अनुसार प्रवासी नेपालीले पैसा उठाएर पठाउने र स्थानीय बसन्त युवा क्लवसँग समन्वय गरेर मन्दिर बनाउने योजना छ । पछिल्लो समय ६० जनाभन्दा धेरै नेपाली प्रवासी नेपालीको सम्पर्कमा छन् ।
केही समयअघि यी युवाहरुको सहयोगमा गिम्दी भेगका लागि एम्बुलेस खरिद गरि हस्तान्तरण गरिसकिएको छ । यो एम्बुलेन्सका करिव १५ लाख खर्च भएको जर्गा मगरले बताए । उनले भने, ‘हामीले एम्बुलेन्सका लागि आवश्यक सबै कुराहरु खरिद गरि हस्तान्तरण गरिसकेका छौं ।’

एम्बुलेन्स किन्ने बेला उठेको बाँकी रकम तत्काल खर्चेर १ लाख ३१ हजारबाट मूर्ति निर्माण गर्ने योजना रहेको उनले बताए ।
उनका अनुसार यस अभियानमा काभ्रे र आश्राङ्ग प्रवासी नेपालीको पनि सहयोग रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : १३ बजे