८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


राजधानीको रत्नपार्कबाट यौनकर्मीहरु पक्राउ



 

ललितपुर खबर
७ भदौं ०७८, काठमाडौं । राजधानीको रत्नपार्कबाट दर्जनभन्दा धेरै यौनकर्मीहरु पक्राउ परेको छन् । आइतबार अपरान्ह ३ बजेदेखि ४ बजेको समयमा काठमाडौं महानगर र प्रहरीको भ्यानमा राखेर यौनकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रत्नपार्कमा यौनकर्मी खोज्न आउने ग्राहकदेखि वटुवा समेत रहेको फुटपाथमा पुस्तक बिक्रि गरिरहेका एक व्यापारीले ललितपुर खबरलाई बताए । उनले भने,सडकमा फरक क्षमता(अपाङ्ग)गीत सुन्न बसेका युवाहरु समेत प्रहरीले लिएर गयो ।’
उनका अनुसार त्यस सडकमा उभिएका युवाहरु समेत पक्राउ परेका छन् ।
नाम शर्तमा रत्नपार्क परिसरमा डिउटी गरिहेका एक प्रहरीले यौनकर्मीहरुलाई पक्राउ गरेको पुष्टि गरे । उनले भने,‘यौनकर्मीसँगै केही युवाहरु यौनकर्मी खोज्दै आएका युवाहरु पनि पक्राउ परेका हुन् ।’ सडकमा व्यापार गर्न बसेका ती व्यापारीले ४ बर्षदेखि सडकमा व्यापार गर्दा यौनकर्मीहरु पक्राउ गरेको आफूले नदेखे

काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथाएसपि रमेश बस्नेतले पक्राउ परेका यौनकर्मीहरुलाई दरवारमार्गस्थित प्रहरी कार्यालयमा राखिएको पुष्टि गरे । उनले भने, अनुसन्धानपछि फिल्टर गरेर दोषि नदेखिए छाड्छौं । उनीहरुलाई के कस्तो कारवाही गर्ने भन्ने बारे आज सोमबार निर्णय गर्ने ललितपुर खबरलाई बताए ।
उनले हामीले पक्राउ गरेका युवाहरुबारे अनुसन्धान गरेर दोषिलाई मात्रै कारवाही गर्ने बताए । रत्नपार्कमा हरेक दिन दर्जनौं यौनकर्मीहरु खुलमखुला यौन व्यावसायका लागि युवाहरुसँग मोलमोलाई गर्ने गरेका थिए । उनीहरु युवाहरुलाई लिएर वागवजारका होटलहरुमा लगेर यौन सम्पर्क गर्ने गरेका थिए ।
उनीहरुले युवाहरुसँग सात सयदेखि १हजार ५ सय रुपैयाँ लिने गरेका थिए । पुरा रात बस्नका लागि २ हजारदेखि ५ हजारसम्म असुल गर्ने गरेको रत्नपार्कमा भेटिएका एक युवाले बताए ।

४४११२१० र

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : २९ बजे