८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


यस्तो छ पुल्चोकको समय फल्चा विवादको वास्तविकता




८ भदौ ०७८,ललितपुर । ललितपु पुल्चोकस्थित समय फल्चा पाटी ठ्याक्कै कहाँनिर थियो । यस्को स्वरुप कस्तो थियो । अहिले रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी भएकै ठाउमा थियो वा थिएन । यसको वास्तविकता जाँच भएको पाइदैन ।
एउटा पुरानो फोटो हेरेर समय फल्चा बनाउने अभियान सुरु भएको छ । तत्कालिन ललितपुर उप–महानगरपालिकाको बोर्डको बैठकको निर्णयलाई गुमराहमा राख्दै पाटी बनाउन कस्सिएको लालीगुराँस सहकारीले आरोप लगाएको छ ।
बिसं २०६८ साल मंसिर २५ गते बसेको उप–महानगरपालिकाको बोर्डको बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको यो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको,काठमाडौ उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११÷११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने मापदण्ड रहेको उल्लेख गरेको थियो ।

त्यसबेला बैठकले कित्ता नम्बर ३२७ सडक सिमाभित्रै रहेको देखिएकोले यस कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार र ऐनले तोकेको अन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिदा यो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समय फल्चा पाटी पुनःनिर्माण समितिको राय माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।
मेयर महर्जनले यो निर्णय लुकाएर नयाँ निर्णय पनि गर्न नसकी कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा पाटी बनाउन कस्सिएको लालीगुराँस सहकारीको आरोप छ ।
मेयर महर्जनले यो विषय महानगरपालिकाको बोर्डमा प्रवेश गराएर निर्णय गरेका छैनन् । आफु अल्पमतमा परिन्छ भनेर यो विषय प्रवेश गराउनै चाहदैनन मेयर महर्जन ।
मेयर महर्जनले महानगरपालिकाको सिङगो कार्यपालिका, पार्टी र जनताको लिन चाहेको देखिदैन ।
अदालत को सम्मान गरेर निर्माण गर्नुपर्ने वडाध्यक्ष श्रीगोपाल महर्जन बताउछन् । उनका अनुसार सर्वोच्चको फैसला अनुसार उत्खनन गरेर मात्र फल्चा निर्माण गर्नुपर्ने धारणा राख्छन् ।

तर मेयर महर्जनले एउटै रटान लिएका छन म यहा समय फल्चा पाटी बनाएर छाड्छु । तर गतभदौ ३ गते पाटी सिलान्यास गर्न पुल्चोक पुगेका मेयरमहर्जनले आफुले अदालतको आदेशको सम्मान गर्ने भन्दै फर्केका थिए ।
लालीगुराँस सहकारीले ती निकायले मेयरलाई पाटी बनाउन आदेश दिएको बताएको छ । उसको अनुसार सवोच्च अदालतले त फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने आसयको आदेश दिएको छ ।
स्थानीय निर्वाचन आउन ८ महिना बाकी रहदा मेयर महर्जनले जसरी पनि पाटी शिलान्यास गरेर यसलाई राजनीतक मुद्दा बनाई निर्वाचन जित्ने दाउमा रहेको अर्को पक्षले आरोप लगाएको छ ।


महानगरपालिकाका मेयर चिरिवावु महर्जनले सरकारको सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेश उलंघन गर्दै पुल्चोक स्तुपा संगै सडक पेटीमै पाटी बनाउने तयारी गरेको भन्दै अर्को पक्ष विरोधमा छ ।
बिसं २०३८ सालको निर्वाचनमा वडाअध्यक्षले क्षेत्रमा पाटी बनाउने विषयमा देखाएनन् । त्यसताका नक्सामा पाटी भएको विषय उल्लेख गराएको भए सायद अहिले पाटी बनाउन सहज हुन्थ्यो । अहिले नापी कार्यालयले यो स्थानमा पाटी नभएको जनाइसकेको उनीहरुको दावी छ ।


उनीहरुका अनुसार स्थानीय बुद्धिजीवि र महानगरपालिकाका कार्यपालिकाका सदस्यलाई गुमराहमा राखी बाटोसंगै फुटपाथमा ‘समय फल्चा’ बनाउने अन्तिम कसरत गरिरहेका छन् ।
यही साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अगाडि बढाउन खोजेका छन् ।
यो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर यो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहा अहिले बटुवा हिड्ने गरेका छन् । यहा सम्मकी जिल्ला प्रशासन कार्यालयले अदालतको आदेश अनुसार पाटी बनाउन मिल्ने भनेको छ ।


अदालतले त मुल सडक पेटीलाई असर नपर्नेगरी पाटी निर्माण गर्न आदेश दिएको थियो । यो आदेशलाई वङग्याएर मेयर महर्जनले पाटी शिलान्यास गर्न खोजेका छन् ।
जिल्ला प्रशासन कार्यालय ,सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने यो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो ।
कार्यकारी अधिकृत अर्यालले मेयरलाई फसाउन नचाहिदो काम गर्न उक्साएको महानगरपालिकाका कर्मचारीको आरोप छ । मेयर महर्जनले पाटी निर्माण गर्न ३० लाख रुपिया विनीयोजन गरेका छन् ।

सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमीसुधार तथा सहकारी मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे अर्को पक्षले मानहानीमा मुद्धा दर्ता गर्ने तयारी भएको बुझिएको छ ।


उनीहरुका अनुसार सर्वोच्च अदालतले सडक विभागको मापदण्ड विपरीत नहुने गरि काम गर्न भनेको छ । तर, मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गरेका छन् ।
सडक डिभिजन ललितपुरले लेखेको पत्रमा भनिएको छ– ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले एवम् तपसिलको आधारले समेत निर्माण गर्न नमिल्ने भएकोले निर्माण कार्य नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ–’, सडक डिभिजन ललितपुरले पत्रमा भनेको छ’ । ‘अन्यथा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने जानकारीमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ०६ बजे