८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मोडल निशालाई जिउँदैमा श्रद्धाञ्जली दिएर टिकटक बनाएपछि परिवार तनावमा




ललितपुर खबर
१२ भदौं ०७८, ललितपुर । नर्भिक अस्पतालमा उपचाररत ललितपुरकी मोडल निशा घिमिरेलाई श्रद्धाञ्जली दिएर टिकटक बनाएपछि परिवार तनावमा परेको छ ।
अर्जुन पौडेल नामको एकाउण्टबाट टिकटक बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएपछि परिवार तनावमा परेको निशाको भाई उज्वल घिमिरेले बताए ।

निशाको श्रद्धाञ्जली राखेर बनाइएको भिडियो पोष्ट गर्ने अर्जुन पौडेलको अकाउण्टमा राखिएको तस्विर ।

सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएको भिडियो देखेपछि आफू छाँगाबाट खसेको आभास भएको घिमिरेले बताए । उनले भने, हामीले भेट्दा एक लाखभन्दा धेरैले हेरेका रहेछन् ।
भिडियो देख्ने वित्तिकै आफू बसेको नजिकै रहेको भैसेपाटी प्रहरी चौकी प्ुगेको उज्वलले ललितपुर खबरलाई बताए । उनलाई भैसेपाटी प्रहरीले जावलाखेल जान अनुरोध गरेपछि निशाकी वावु प्रेम प्रसाद घिमिरे जावलाखेलस्थित ललितपुर प्रहरी परिसर पुगेका थिए । यहाँबाट साइवर क्राइम व्युरोमा उजुरी दिन सुझाएपछि भोटाहिटीस्थित साइवर व्युरो पुगेको घिमिरेले बताए । उनले भने,नेपाल बाहिर कार्यालय रहेको टिकटकलाई यहाँको प्रहरीले कारवाही गर्न नसक्ने रहेछ, त्यसैले म फर्किए । साइवर व्युरोका प्रहरीले फेक आइडीबाट पोष्ट गरेको सामाग्री हटाउन पहल गर्न सकिने तर कारवाही गर्न कठीन रहेको भन्दै उनलाई फर्काको बताए ।
सामाजिक सञ्जालबाट अपराधिक काम गरेर तनाव दिदा समेत आफूले कारवाही गराउन नसकेको भन्दै निशाका वावुले दुखेसो पोखे ।
त्यसबेलासम्म निशाको भिडियो टिकटकबाट मेटिसकेको उज्जवलले ललितपुर खबरलाई बताए । उज्वलले उजुरीका लागि डाउनलोड गरेको भिडियो ललितपुर खबरलाई उपलव्ध गराएका छन् । (जुन भिडियो भ्रामक र दुरासयपूर्ण सामाग्री भएकाले हामीले यहाँ पोष्ट गर्न सकेनौं )

टिकटकको स्क्रिन सटबाट लिइएको तस्विर ।

टिकटकमा निशाको श्रद्धाञ्जली दिएको भिडियो देखेपछि धेरैले फोन गरेको समेत उज्वलले बताए । भने,हामी विहीबार दिनभर तनावमा थियौं । अर्जुन पौडेल को थिए भन्नेबारे अझैं पत्ता लागि नसकेको उनले बताए । उनले भने, फेरि यस्तै श्रद्धा१जली दिएर पोष्ट गरिएको खबर पाएको छु । मैले हेर्नपाएको छैन ।
केही समयअघि कलाकार सुरविर पण्डितलाई पनि जिउँदो छँदै श्रद्धाञ्जली दिएको खबर सार्वजनिक भएको थियो ।
नर्भिक अस्पतालको सिसियुमा राखेर उपचार गरिरहेपनि निशाको स्वास्थ्यमा पछिल्लो समय खासै सुधार हुन नसकेको घिमिरेले बताए । उनलाई अस्पतालले रिहाव सेन्टरमा लैजाने प्रस्ताव गरेको छ ।
वावु घिमिरेले निशाको रोगको प्रकृति हेर्दा थेरापी गर्दा सहज हुनेडाक्टरको सल्लाह छ । अन्य विरामी पनि उपचार गरिरहेको ठाँउमा निशालाई राख्दा समस्या भएको उनीहरुको भनाई छ

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ४० बजे