२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘लुभु सडक विस्तारको समस्या समाधान गर्ने उपाय मसँग थियो’



ललितपुरको महालक्ष्मी नगरपालिका उत्तरपुर्वी ललितपुरको काँठ क्षेत्रमा रहेको नगर हो । तत्कालीन लुभु, लामाटार,सिद्धिपुर,इमाडोल र टिकाथली मिलेर बनेको यो नगरको विकाश, समृद्धि र समसायिक विषयमा हामीले नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठसँग भिडियो कुराकानी गरेको छौं ।

महालक्ष्मी नगरमा खानेपानीका हाहाकार रहेको गुनासो छ । यहाँ खानेपानीको व्यवस्थापन कसरी गर्ने योजना बनाउनु भएको छ ?

महालक्ष्मी नगरको खानेपानीको समस्या समाधान गर्न हामीले एडिविसँग सम्झौतापछि काभ्रेको राशी खोलाबाट पानी ल्याउने योजना बनायौं । स्थलगत निरिक्षणको क्रममा रोशी खोलाको पानी खानीका कारण दविएर गएको पाइएपछि हामीले यो योजना छोड्नु पर्यो ।
त्यसपछि हामीले उपत्यका खानेपानी बोर्डको सहकार्यमा नगरपालिकाका विभिन्न ठाँउमा १६ वटा डिप बोरिड सञ्चालनमा ल्यायौ । कतिपय वडामा पानी वितरण सुरु भइसकेको छ । कतिपय ठाँउमा पाइप विछ्याउने काम भइरहेको छ । अहिलेयो योजना अन्तिम चरणमा आई पुगेको छ ।

साथै हामीले खानेपानीको समस्या समाधान गर्न मेलाम्चीको पानी भियाउने योजनातर्फ लागेका छौंं । यसअघि उपत्यकाका १७ वटा नगरपालिका यो योजनामा जोडिएका थिए । पहिलेमहालक्ष्मी नगरपालिकालाई मेलाम्ची खानेपानी वितरण गर्ने योजनामा समावेश गरिएको थिएन । मेलाम्ची खानेपानीको १ देखि ५ नम्बर वडासम्म पाइपलाइन विस्तारको लागि पहल गरिरहेका छौं । ढलतर्फ वडा नं. १ देखि ५ सम्म ढलसहितको वडा र ६ देखि १० सम्म ढलरहित वडा बनाउने हामीले निर्णय गरेका छौंं । वडा नं. १ देखि ५ सम्म अहिले ९० प्रतिशत काम पुरा भएका छन् । ढल नभएका वडामा सेफ्टी टयांकी बनाउने नक्सापास गर्दै नै संरचनासहित डिजाइन गरेर निर्णय गरेका छौं ।

ग्वार्को लामाटार सडक विस्तारका लागि नगरपालिकाले क कस्तो काम गरेको छ ?

बाटो विस्तारको क्रममा हामीले आफ्नो श्रोत प्रयोग गरेर मुआव्जा र राहत दिएका छौं । बाटो विस्तारको क्रममा विवाद आएको ठाँउमा राहत दिएका छौं । खेत मासिएको ठाँउमा हामीले राहत दिएका छौं । लुभु पुलनजिकै सार्वजनिक जग्गामा बनेको घरलाई केन्द्र सरकारले मुआव्जा नदिने भएपछि हामीले दिएर भत्काएका छौं । आउँदो दशैंसम्म कालोपत्र हुँदैछ ।

लुभु बजारमा बाटोविस्तार हुन सकेन न नि नगरपालिकाले यो बाटो विस्तार गर्न के काम गरेको छ ?

लुभु ऐतिहासिक शहर हो । हामी निर्वाचित हुनु भन्दा अघि नै उपत्यका विकाश प्राधिकरणले लुभु बजारको सडक विस्तार गर्ने क्रममा इस्टमेट डिजाइन गरेर निर्णय गरेर सडक विस्तार गर्ने निर्णय गरिसकेको छ ।
हामी निर्वाचित भएर आउना साथ काम गर्न पाएको भए लुभु सडक विस्तारको समस्या समाधान गर्ने उपाय मसँग थियो । अहिलेसम्म प्राधिकरणले सिमांकन समेत गर्न सकेको छैन । यो निर्णयमा केही स्थानीयबासीहरुको विरोध छ । केही स्थानीय यही बाटो विस्तार गर्न माग गरेका छन् ।

तपाईसँग लुभुको बाटो विस्तार गर्न के योजना थियो ?

आजको अवस्थामा यो जटिल समस्या बनिसकेको छ । त्यसबेला नै गोदावरी खोलाबाट २ लेनको सडक दायाँतर्फ र बाँयादर्फबाट टाउन प्लानिड र अर्को लुभुमाविको तल्लो भागबाट माथि क्याम्पसमा लगेर जोडेको भए एउटा बाहिरीको शहर बन्थ्यो । यो ठाँउबाट सडक बनाउन अव सम्भव छैन । यहाँ अहिले धेरै संरचना बनिसकेको छ । सरकारले त्यसको क्षतिपूर्ति दिने आट गरे मात्र सम्भव छ ।

महालक्ष्मीको पर्यटन प्रबद्र्धनका लागि के गर्नुभएको छ ?

सिद्धिपुरलाई परालसँग जोडेर कलात्मक सरसामान बनाएर पर्यटन प्रबद्धन गर्न सकिन्छ भने लुभुको कला संस्कृतिलाई प्रबद्र्धन गरेर पर्यटकलाइृ आर्कषण गर्न सकिन्छ । यहाँ नेवारी संस्ंकस्ति र सम्पदालाई प्रबद्र्धन गर्न सकिन्छ । बाजा बाजा लोप हुने अवस्थामा हामी पुर्नउत्थान गर्न विज्ञहरु ल्याएर सिकाइरहेका छौं ।

हामीले लाकुरी भञ्ज्यामा मनमोहन मेमोरियल पार्क र टावर बनाउदैछौं । नजिकै गणेशमान पार्क छ । यसबाट आन्तरिक पर्यटक प्रबद्र्धनको लागि सहयोग पुग्नेछ । लामाटारलाई कृषि पर्यटन प्रबद्र्धनमा जोड्ने योजना बनाएका छौं ।

नगरपालिकाको चुनौती के छ ?

पहिलो चुनौती त बजेट नै हो । हामीलाई सरकारले जनसंख्या र भूगोलको आधारमा बजेट दिन्छ । स्थानीय बजेट ६२ हजार मात्रै देखिन्छ । तर यहाँ बाहिरबाट आएर झण्डै ३ लाखभन्दा धेरै मानिस बस्छन् । हामी तीसबैलाई सेवा दिनुपर्छ । दोश्रो चुनौती जनशक्तिको छ । नेपाल सरकारले हामीलाईआवश्यक जनशक्ति दिदैन । हामी आफै भर्ना गर्न पाउदैनौं ।

५ वर्षमा के काम गर्ने योजना थियो ?

नगरपालिकामा मेयर निर्वाचित भएर आउनासाथ बेसलाइन सर्वे गरेर मास्टरप्लान बनाउने सोच बनाएको थिए । यसका लागि धेरै पैसा खर्च हुने देखियो । हामीले भिजन पुरा गर्न दिर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिरहेका छौं । हामी क्रमश काम गरेर लक्ष्य पुरा गर्दैछौं ।

यो अवधिमा गर्न नसकेको काम के रह्यो ?

मैले यो कार्यकालमा गर्न नसकेको काम चाही नगरपालिकाको भवन नै हो । हामीसँग जग्गा नभएर भवन बनाउन सकिएन । त्यसै कारणले हामी भाडामा बसिरहेका छौं । अहिले हामीले वडा नं.१ मा बहुउद्देश्यीय भवन बनाउदैछौं । अरु सबै वडाका भवनहरु यसै आर्थिक वर्षमा बन्दैछ । अर्को मनमोहन मेमोरियल पार्क र टावर बनाउने योजना थियो ।

कोरोनाबाट बच्न नगरपालिकाले के काम गर्यो ?

कोरोना माहामारीको पहिलो लहर आएदा असार को १८ गतेसम्म हाम्रो नगरपालिकामा कोरोना थिएन । असार १९ गते एक जनामा कोरोना देखियो । त्यसपछि सरकारले लकडाउन खोलेपछि मात्रै नगरपालिकामा कोरोना देखिएको थियो । हामीले किष्ट अस्पतालमा आइसोलेसन र आसियु बनायौं । हामीले ७६ वाटकोआयसोलेसन बनायौं । शिक्षा दिन जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गर्यौं ।

हामीले कामसँग खाद्यान्न कार्यक्रम चलायौं । राहत वितरण गर्यौं । हामीले नगरपालिकामा कसैलाई पनि भोकै बस्न नपर्ने अवस्था बनायौं । २ वटा निशुल्क एम्बुलेन्स राखेका छौं । हाइकियर ५० वेड संचालन गरेका थियौं । ४ जना डाक्डरलाई काउन्सिलिडसेवा दिन खटायौं । पोष्ट कोभिड क्लिनिक चलाइरहेका छौं । एण्टिजेन टेष्ट अहिले पनि भइरहेको छ । खोप कार्यक्रम निरन्तर चलाइरहेका छौं । ९० हजारले दोश्रो डोज लगाइसके । ४३ हजारलेपहिलो डोज मात्रै लगाएका छन् ।

अन्तरनगरपालिकासँग महालक्ष्मी नगरपालिकाले कसरी मिलेर विकाशको काम गरेको छ ?

छिमेकी नगरपालिकासँग मिलेर काम गरिरहेका छौं । हामीले गोदावरी नगरपालिकाको पानी ल्याएर खाएका छौं । सूर्यविनायकदेखि गोदावरीकण्डसम्म पदमार्ग बनाउने काम गरेका छौं ।

वेरुजुको अवस्था कस्तो छ ?

हामीले सिस्टम भित्र बसेर काम गर्ने हो । २ दशमलभ ३४ प्रतिशत हाम्रोमा बेरुजु देखिएको छ । देखिएको बेरुजु सबै बेरुजु होइन । कतिपय सैद्धान्तिक बेरुजु हुन्छ् । कुनै योजना पुरा नभएसम्म लिएको पेस्की बेरुजु होइन । कर्मचारीहरुले काम विशेषले लिएरको पैसा पनि बेरुजुमा हालेको हुन्छ । हामीले सबैकुरा इन्टरमार्फत सार्वजनिक गरिरहेका छौं ।

स्थानीय तहमा सिंहदरवारको अधिकारसँगै भष्टाचार पनि पुग्यो भन्ने जनताको आवाज छ नि तपाईको नगरपालिकामा अवस्था कस्तो छ ?

हामी ऐन अनुसार काम गरिरहेका छौं । त्यसैले हामीकहाँ भष्टाचार कम हुन्छ । स्थानीय तह भष्टाचारको केन्द्र भन्नु पुर्वाग्रहका कारण भनिएको हो । कही कतै भष्टचार भएको होला । जहाँ भष्टाचार भएको छ । त्यहाँ कारवाही गर्ने हो । सबैलाई एउटै रुपमा लिनु हुँदैन ।
एउटा उदाहरण दिन्छु । अछिल्लो वर्ष ८९ प्रतिशत बजेट केन्द्रले खर्च गरेको छ ।

त्यसमा ७ प्रतिशत बजेट स्थानीय तहमा आएको छ । स्थानीय तहमा भष्टाचार भयो भन्नु गतल छ । कही कतै भष्टाचार नै भएन भन्न खोजेको होइन । जहाँ भष्टाचार भएको छ । त्याहाँ कारवाही गर्ने हो । सबैलाई दोष दिनु हुदैन । स्थानीय तह सरकारको जग हो । स्थानीय तह नभएको भए कोरोना माहामारीमा के हुन्थ्यो भन्ने हामीले देखि सकेका छौं ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : १४ बजे