८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


महिला टेम्पो चालकको सडक संर्घष (तस्विर र भिडियो)



ललितपुर खबर
१६ भदौं ०७८, जावलाखेल । सुशीला लामाको टेम्पो ललितपुरस्थित जावलाखेल चोक आएपछि पड्कियो । सबै यात्रु ओर्लेर हिडे । टेम्पोमा अर्को टायर थिएन । टायर निकाल्ने जग पनि ।
सुशीला अलमलमा परिन् । जग माग्दा कसैले दिएनन् । लामो समय सडकमा करिरहिन् ।


एक महिला चालकले उनको दुःख बुझेर जग दिइन् अनि सुशीला आफैले टेम्पोको टायर निकालिन् अनि बोकेर वर्कशपतिर लागिन् ।
१८ वर्षदेखि नवलपरासीबाट राजधानीमा आएर टेम्पो चलाएर संर्घण गर्दै आएकी सुशीला टेम्पो चलाउदा यस्तै दुःख झेल्नु पर्ने बताउछिन् । उनी भन्छिन्, चालक भए पनि यस्तो काम गर्नै पर्छ । सुखदुःख झेल्नुपर्छ ।


राजधानीमा टेम्पो चलाउने महिलाको दुःख कम छैन । कोरोना त्रासका कारण आजकल यात्रु छैनन् । हरेक टिपको २ सय गाडी साहुलाई बुझाउनु पर्छ । स्कूल कलेज नचलेकाले टेम्पो चढ्ने यात्रु पनि खासै छैनन् । गाडीको प्रतिश्पर्धापनि उस्तै धेरै छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : २२ बजे