८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको भागावनमा हनुमानको मूति निर्माण : रुख काट्ने तयारी



मूर्ति निर्माणस्थलमा निरिक्षणको क्रममा सहभागीहरु । तस्विर : ललितपुर खबर

ललितपुर खबर
२३ भदौं ०७८, ललितपुर । ललितपुरको गोदावरी १०स्थित भागावनको चुचुरोमा हनुमानको मूर्ति स्थापनाका लागि रुख कटान गरिने भएको छ ।
बुधबार जिल्ला बन कार्यालय र चापागाँउ बन कार्यालयबाट अनुगमन पछि हनुमानको मूर्ति स्थापनाका लागि रुख कटान गरिने निश्चित भएको हो ।
जिल्ला वन कार्यालयका प्रमुख(डिएफओ)का प्रमुख विष्णु न्यौपाने र वज्रवाराही सव डिभिजन वन कार्यालय चापागाँउकी प्रमुख प्रेमा थापालगायतको टोलीले निर्माण स्थलको निरिक्षण गरि रुख कटान गर्ने निर्णय गर्न लागेको हो । टोलीमा प्रदेश सासंद चेतनाथ सञ्जेल, वडाध्यक्ष दर्शन विष्टलगायत सहभागी थिए ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले हनुमान निर्माणको क्रममा निर्माण स्थलको सबै रुख काट्नु पर्ने बताएको भए पनि डिएओले नमिल्ने बताए । उनले यो वर्ष मूर्ति निर्माणको लागि जग हाल्न आवश्यक पर्ने रुख मात्रै काट्नुपर्ने बाँकी आवश्यकत्ता अनुसार काट्दै जान सल्लाह दिए ।
फैडोल,चारघरे र झ्यालुण्टार वन उपभोक्ता समितीको क्षेत्राधिकार रहेको यस क्षेत्रमा टाहाखेल वन क्षेत्रमा हनुमानको मूर्ति बनाउने भागावन पर्यटन विकाश समितीको योजना रहेको छ ।
टाहाखेल कान्तिलोकपथबाट भागावनसम्म १ हजार चार सय सिडी निर्माणका लागि ५० लाख खर्च भइसकेको निर्माण समितीका संयोजक रामप्रसाद घिमिरेले बताए । उनले मन्दिर र गेट समेत निर्माण गरेका छौं त्यसका लागि १० लाख खर्च भएको छ । यहाँ अन्य दाताहरुले समेत विभिन्न संरचना निर्माणका लागि सहयोग गरेका छन् ।

भर्खरै निर्माण गरिएको सिडि बाटो । तस्विर : ललितपुर खबर

पर्यापर्यटन कार्यविधिमै सिडि बाटो बनाउने नियम रहेको थापाले बताइन् । उनले अग्नि रेख हुँदै सिडि बाटो बनाइएको र त्यसका लागि रुख नकाटिएको बताइन् ।
टाहाखेलबाट हनुमानको मूर्ति निर्माण स्थलसम्म सडक लैजान वनले अनुमती दिन नसकिने थापाले बताइन् । उनले भनिन् हामी अघिल्लो बर्ष नै डोजर चलाउन दिएनौं । डिएफओ न्योपानेले बनबाट बाटो खन्न नसकिने हुनाले निर्माण सामाग्री बोकेर ल्याउनु पर्ने बताए ।
दुई वटा वन उपभोक्ता समितीको बीचबाट अग्नि रेखा काटेर सिडी बाटो बनाउन अनुमती दिइएको थापाले बताइन् ।
उनका अनुसार यो सिडी बाटो निर्माण गर्दा सामुदायिक बनको मिटिङबाट पास गरेर चापागाँउ सव डिभिजन बन कार्यालयले पेश गरेपछि जिल्ला वन कार्यालयले निर्णय गरेको थियो । सिडि बाटो निर्माणको क्रममा पर्यापर्यटन कार्याविधि अनुसार बाटो निर्माण भएको थापाले बताइन् ।
हनुमान को मूर्ति निर्माणका लागि डिपिआर निर्माणपछि यही प्रकृया पुर्याएर वनले रुख काट्न अनुमती दिने उनको भनाई छ । डिपिआर झ्यालुण्टार वन उपभोक्ता समितीको साधारण भेलाले पास गरेर सव डिभिजन कार्यालयमा पेश गर्ने र यस कार्यालयले जिल्ला वनमा सिफारिस गरेपछि मात्रै बनले रुख काट्न दिने उनको भनाई छ ।
हनुमानको मूर्ति निर्माणको क्रममा २० फिट बेस निर्माण गरेर अनि मात्रै ५० फिटको हनुमानको मूर्ति निर्माण गरिने प्रदेश सासंद चेतनाथ सञ्जेलले बताए । यसका लागि पर्यटन मन्त्रालयको ३० लाख र संसद विकाश कोषको ३० लाख यस वर्ष खर्च हुने उनको भनाई छ । यो वर्षं मर्ति राख्नका लागि बेस मात्रै निर्माण हुन्छ ।
५ वर्षको कार्याेजनामा रुख काट्न सकिने थापाले बताइन् । उनका अनुसार प्रत्येक वर्ष उपभोक्ता समितीले रुख काट्न सक्ने र यसका लागि वन उपभोक्ता समितीकोनिर्णयमा सवडिभिजनको सिफरिस र वन कार्यलयको निर्णय आवश्यक छ ।
वज्रवाराही जिल्ला वन कार्यालयले पर्यापर्यटनका लागि यस ठाँउमा १५ लाख रुपैया लागनमा पार्क समेत निर्माण गर्दैछ ।
आठ लाख खर्च गरेको डिपिआर निर्माण भइरहेको दिवाकर थापाले बताए ।
उनका अनुसार हनुमानको मूर्ति निर्माणको लागि मूर्ति उडेर पहाड उचालेको हुनु पर्नेमा उभिएको बनाइएकोले नमिलेको बताए ।
डिपिआर निर्माण भए पनि रकम भने ननिकालिएको उनको भनाई छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ४६ बजे