८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा सासंद सिलवाल र सञ्जेल नाचेपछि…



ललितपुर खबर
२४ असोज ०७८, चापागाँउ । निर्वाचनको झल्को दिने गरी ललितपुरका सासंदहरु नवराज सिलवाल र चेतनाथ सञ्जेल चापागाँउमा आयोजित एक कार्यक्रममा कार्यकर्ताहरुसँगै नाचेर रमाइलो गरेका छन् ।
नेकपा एमाले गादावरी १० ले आयोजना गरेको सास्कृतिक कार्यक्रम तथा चियापान कार्यक्रममा सहभागी सिलवाल, सञ्जेलसँगै जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार,सुशीला नेपाललगायत कार्यकार्ताहरुमा नाचगानमा सहभागी भए । कार्यक्रममा अमृत खाती वर्षा सिलवाललगायतले गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिएका थिए ।


कार्यक्रममा बोल्दै काठमाडौंका चर्चित नेता केशव स्थापितले आउँदो निर्वाचनमा सय वटा हजार वटा उपाय लगाएर जित्ने दावी गरे । उनले गएको निर्वाचनमा भएको कमी कमजोरीको समिक्षा गर्दै तयारी गर्नुपर्ने सुझाव दिए ।

प्रदेश सासंद सञ्जेलले आफूहरुले जिल्लामा विकाशका काम गरेको देखेर अन्य पार्टीका कार्यकर्ताहरु एमाले प्रवेश गर्ने क्रम बढेको बताए । उनले ललितपुर १ बाट कुनै नेता नयाँ पार्टीमा नगएको भन्दै जिल्लामा पार्टि बलियो रहेको दावी गरे ।
संघीय सासंद सिलवालले पार्टीले गरेको काम र वर्तमान सरकारको वदनियतका कारण आउदो निर्वाचनमा जित्ने आधार तयार भइरहेको बताए । जिल्ला अध्यक्ष हरिकष्ण व्यञ्जनकारले आउदो निर्वाचन जित्न सके मात्रै समेद्ध नेपाल सुशी नेपालीको नाराले सार्थकता पाउने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : १५ बजे