२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर काँग्रेस सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी, चित्रकार १२ मतले पराजित



ललितपुर खबर
१२ मंसिर ०७८, ललितपुर । ललितपुर काँग्रेस सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आज (आइतबार) भएको मत गणनामा श्रेष्ठले १२ मतले रामकृष्ण चित्रकारलाई पछि पार्दै  ६६५  मत ल्याएर श्रेष्ठले सभापति पदमा जित हासिल गरेका हुन् ।
ललितपुर काँग्रेसको त्रिपक्षिय प्रतिश्पर्धाका कारण शनिबार पनि निर्वाचन गरिएको थियो । निर्वाचनपछि मत गणनाको क्रममा सबैभन्दा थोरै ३ सय ३६ मल ल्याएका सभापतिका दावेदार मीनकृष्ण महर्जन सभापतिको दावीबाट बाहिरिएका थिए ।
सभापतिका दावेदार रामकृष्ण चित्रकारले शनिबार को निर्वाचनका क्रममा ५ सय ४ ल्याएका थिए भने अर्को प्रतिश्पर्धी जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ मत ल्याएका थिए ।
उनका अनुसार आज आइतबार विहान ८ बजेबाट ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा भएको निर्वाचनका १२ सय २१ मत खसेको थियो । मतगणनाको क्रममा ३ मत बदर भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।