९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


जब मदनबहादुरले स्टेजबाट आफ्नो कुर्सी हटाउन लगाए…



१४ मंसिर ०७८, ललितपुर । ललितपुरको नखिपोटमा कार्यक्रम चलिरहेको थियो । ललितपुरका कांग्रेस सभापति मदनबहादुर अमात्यले कार्यालयको स्ट्याम्प र खाता नवनियुक्त सभापति जितेन्द्र कुमार श्रेष्ठलाई बुझाए लगत्तै भने, ‘मेरो कुर्सी स्टेजबाट हटाउनुस् ।’

लगत्तै उद्घोषकले पूर्वसभापति मदन बहादुर अमात्यलाई बोल्न आग्रह गर्दै स्टेजमा बोलाए । कार्यक्रममा बोल्दै उनले भने, ’म आजबाट पूर्वसभापति भए । त्यसैले स्टेजबाट कुर्सी हटाउन आग्रह गरेको हुँ ।’

मदन बहादुरले आफू इमानदार भएर जिल्लाको निर्वाचन पुरा गरेको बताए । उनले भने,‘मैले निर्वाचनमा कसैलाई छोएको पनि छैन । तर हात हालेको आरोप लगाए ।’

बोले लगत्तै निवर्तमान अध्यक्ष अमात्य कार्यक्रमबाट निस्किए । कार्यक्रममा जिल्लाको निर्वाचनमा प्रतिस्पर्धी मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारलगायत पराजित उम्मेदवार सहभागी नहुँदा निर्वाचनमा भएको प्रतिस्पर्धाको तीतोपना अझै कायम रहेको बुझ्न सकिन्थ्यो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति श्रेष्ठले आफू कुनै कार्यकारी पदमा बसेर काम नगर्ने घोषणा गर्दै भने, ‘म कुनै पनि निर्वाचनमा भाग लिन्न । वडा पालिका र क्षेत्रबाट आएको सिफारिसको आधारमा निर्वाचनमा लड्ने उम्मेदवार छान्छु । सबैको सल्लाहमा वार्षिक क्यालेन्डर बनाउँछु ।’कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरणसँगै शपथ ग्रहणसमेत गराइएको थियो । न्युज कारखाना

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : १५ बजे