९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘गोदावरी नगरपालिकाले जग्गा प्लटिङको कसैलाई अनुमती दिएको छैन’




३ पुस ०७८, चापागाँउ । जग्गा प्लटिङको इजाजत कसैलाई पनि नदिएको गोदावरी नगरपालिकाले जानकारी दिएको छ । गोदावरी नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रविण कोइरालाले कृषिका लागि जग्गा सम्याउन भनेर निवेदन दिएर प्लटिङ गर्ने चलन बढेको बताएका छन् ।

फाइल तस्विर : लेलेमा केही समयअघि गरिएको जग्गा प्लटिङ

प्रशासनिक अधिकृत कोइरालाले प्लटिङ गर्ने जग्गा व्यावसायीहरुलाई आफू एक्लैले कारवाही गर्न नसक्ने अवस्था रहेको बताउछन् । उनले भने,‘माथिल्लो तहले कारवाही गर्न सक्छ । हामी सबैले बुझेको कुरा हो ।’
हामी बाटो उल्टो हिडिरहेका छौं । टुक्रा जग्गालाई जोडेर खेती गर्नु पर्नेमा जग्गा टुक्रा बनाएर प्लटिङ भइरहेको उनले बताए । देशभरको समस्या जग्गा प्लटिङ रहेको बताउदै यसको समस्या केन्द्रले गर्न सक्ने बताए ।


कोइरालाले गोदावरीका डाँडा पाखामा प्लटिङ गरेर जग्गा बेच्ने चलन बढेको बताए ।
कार्यक्रममा किसानले जग्गा प्लटिङ बढ्दै जाँदा कुलो लैजान समस्या पर्न थालेको गुनासा गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : १८ बजे