९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा टेको लगाइएको पुल भाँचियो, एक जनाको मृत्यु




६ पुस ०७८, चापागाँउ । ललितपुरको चापागाँउ छम्पी जोड्ने फलामे पुल भाचिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राती भाचिदा एक टिपर चालकको मृत्यु भएको हो ।

चापागाँउको कुस्लेचौर हुँदै धम्पी जाने सडकमा रहेको बटुवाहिड्न बनाइएको फलामे पुल भाँचिएको हो । यस पुलसँगै गाडी चल्न मिल्ने पक्की पुल पनि निर्माण भइरहेको छ ।
पुल चाँचिएर गाडीमा ठोक्किदा एक टिपर चालकको मृत्यु भएको हो । महानगरियप्रहरी बृत्त चापागाँउका सही पुरुषोत्तम आचार्यका अनुसार मृत्यु हुनेमा टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फा रहेका छन् ।
नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको टिपर पुलमा छोएर ढलेको हुनसक्ने आचार्यले ललितपुर खबरलाई बताए ।टिपरमा अर्का सहचालक समेत थिए । उनलाई भने, ‘केही नभएको प्रहरीको भनाईछ । चालक अजय मार्फालाई उपचारका लागि मेडिसिटि नख्खुमा उपचारका लागि लगिएको थियो ।’ अस्पतालमै उनलाई मृत घोषित गरिएको हो ।

झण्डै २ वर्षअघि डोजरले छोएर जीर्ण रहेको यो पुल जुनसुकै बेला ढल्न सक्ने भन्दै स्थानीय युवाहरुले नगरपालिकालाई खबरदारी गर्दै आएका थिए । लामो समयदेखियो पुल फलामको टेको लगाएर राखिएको थियो ।
एक युवाले भने, ‘हामीले यो पुललाई स्थायी रुपमा मर्मत गर्नुपर्छ भनेर गोदावरी ९ वडा कार्यालयलाई धेरै भन्यौ । तर उनीहरुले झारा टार्ने तरिकाले बजेट खर्च गरेर पुलमा टेको लगाएर राखे । अहिले मान्छेको ज्यानै गएको छ । यसको जिम्मा स्थानीय सरकारले लिनुपर्छ ।’

ललितपुर खबरमा २०७६ मंसिर १० गते प्रकाशित जिर्ण रहेको पुलको समाचार :

छम्पी पुलमा डोजर अड्केपछि जोखिम

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : ०९ बजे