१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर एमालेमा पुरुषोत्तम र चेतनाथको दावी : नेतृत्व चयन झन् पेचिलो बन्दै




२४ पुस ०७८, ललितपुर । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै ललितपुर एमालेको चुनावी सरगर्मीले तातेको छ ।
आज ललितपुर सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतीको प्रयास हुने र सहमती नभए भोलि निर्वाचन हुने बताइएको छ ।
नेतृत्व हत्याउन दुवै आफ्नो पक्षमा माहोल बनाउन कम्मर कसेर लागेका छन् ।
चेतनाथ सञ्जेल आफ्नो पक्षमा दुई तिहाई रहेको प्रचार गर्दै आइरहेका छन् भने पुरुषोत्तम आचार्य ललितपुर १ मा समेत गत मंगलबार भएको प्रतिनिधि छनौटपछि आफू बलियो बनेको तर्क गर्न थालेका छन् ।
निर्वाचनको माओल सुरु भएदेखि नै दुवै पक्ष कोठा बैठकमा व्यस्त छन् । केन्द्र धाउने र भनसुन गर्दै माओल बनाउन दुवैलाई फुर्सद छैन ।
लामो समय जिल्ला कार्यालयमा काम गरेका आचार्यको शहरी क्षेत्रको कार्यकर्तामा पकड छ भने सञ्जेल दक्षिण ललितपुरसँग जोडिएको र प्रदेश सासंदको हैसियतले पनि यस क्षेत्रका कार्यकर्तासँग राम्रो हिमचिम छ ।
पार्टीक जिल्ला धेरै नेताहरु चेतनाथको पक्षमा खुलेर लागे पनि अधिवेशनका प्रतिनिधि भने आफ्नो पक्षमा रहेको आचार्य दावी गर्छन् । अनौपचारिक कुराकानीमा ललितपुर खबरसँग उनले भने, ‘जिल्ला नेताले भनेर हुँदैन । साँच्चै ढ्वाङ थापेपछि को कसको पक्षमा छ भन्ने देखिन्छ ।’
केही समयपछि नै निरन्तर निर्वाचनहरु लड्नु पर्ने र निर्वाचनमा कार्यकर्ताहरु भिड्दा हारको पिडा सहने नेताहरुबाट अन्र्तघात हुनसक्ने यसको असर निर्वाचनमा पर्ने देखेर नै केन्द्र सुझ बुझपूर्ण निर्णय गर्ने तयारीमा छ ।
ललितपुरका एक नेताका अनुसार अधिकाशं जिल्ला नेताहरु चेतनाथको पक्षमा हुँदा यो पल्ट पनि पुरुषोत्तमलाई पछाडि हटाउन कोशिस भइरहेको छ । उनले भने, ‘तर पुरुषोत्तम यो कुरा मान्न तयार छैनन् ।’
पुरुषोत्तम आचार्य भने गएको जिल्ला अधिवेशनमा सचिवको दावी छोडेर सहसचिवको उम्मेदवारी दिदा समेत पार्टीले पछाडि हट्न बाध्य बनाएको भन्दै अझै चित्त दुखाई रहेका छन् । उनी प्रश्न गर्छन्, ‘सधै पार्टीमा मैले मात्रै त्याग गनुपर्ने हो ?’
अर्कोतर्फ ललितपुर क्षेत्र नं. १ बाट दुवै नेताहरु भिडेर क्षेत्र नं. २ र ३ का नेताहरुलाई पार्टीमा ठाँउ दिन नखोजिएको आवाज पनि उठ्न थालेको छ । एक नेताले नाम नबताउने शर्तमा भने, ‘चेतनाथ र पुरुषोत्तमबीच सचिव र अध्यक्षको सहमती भए त्यो हामीलाई मान्य छैन । सचिव र अध्यक्ष एउटै क्षेत्रले लिन पाइदैन ।’
जिल्लाको खिचातानीका कारण केन्द्र सहमती गराउन सक्ने अवस्था नरहेको जिल्लामा चर्चा छ । एक नेताले भने, ‘तर चौतफी घेराबन्दी भएको यो बेलामा सहमतीको नेतृत्वको विकल्प छैन ।’
एक नेताले प्रदेश सासंद समेत रहेका चेतनाथ अध्यक्षमा दावी गरेर आउँदो निर्वाचनमा संघीय सासंदको टिकट पक्का गर्न दाउमा रहेको बताए । उनले भने, ‘पुरुषोत्तम आचार्य पनि कम्तिमा सचिव भन्दा तल झर्न सक्दैनन् । उनलाई पार्टीले सधै पछि हटाउन पनि मिल्दैन ।’

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ४२ बजे