१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सुनाकोठीस्थित वालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी



९ माघ ०७८, ललितपुर । ललितपुर सुनाकोठीस्थित वालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेक बहादुर कार्कीका अनुसार शनिबार राती वालकुमारी स्थित मन्दिरबाट मूर्ति हराएको हो ।
वागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनले ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा गाँउलेहरुले चढाएको गरगहना समेत चोरी भएको बताए । उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको । केही गहना भने. लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाई छ ।
उनका अनुसार करिव २० वर्षअघि यो मूर्ति कुर्न स्थानीयहरु राती मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो ।
वालकुमारी चौरमा समेत वालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ । हरेक वर्ष मंसिर र बैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
डिएसपि कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताए ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ४१ बजे