२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर वागमती गाँउपालिकाकी उपाध्यक्ष घिमिरे अमेरिका उड्दै




ललितपुर खबर
१३ माघ ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाकी उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना आफ्ना श्रीमान नवराज तिमल्सिनालाई डिभि परेपछि अमेरिका उड्ने भएकी छिन् ।
श्रोतका अनुसार उनी गाँउपालिकाको यो कार्यकालभर काम गर्ने गरि एक महिनापछि फर्कदैछिन् । उनको परवार अमेरिकामै बसे पनि उनी नेपालमा नै बस्न चाहेकी उनका आफन्तले ललितपुर खबरलाई बताए ।
वागमती गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चनले कार्यक्रममा लागि अमेरिका जान लागेको बताए । उनले भने,‘एक महिनाका लागि जान लागेको बुझिएको छ ।’
कर्मचारीले जसरी गाँउपालिकामा विदा लिनु नपर्ने हुँदा त्यस विषयमा कार्यालयमा औपचारिक प्रकृया नभएको लोप्चनको भनाई छ ।
उपाध्यक्ष रञ्जना घिमिरे आफू गाँउपालिकालाई स्मार्ट सिटी बनाउन अध्ययन भ्रमणका लागि अमेरिका जान लागेको बताइन् । उनले भनिन्, ‘वाइवात कुरा कसले भन्यो ।’
‘डिभि परेको भन्ने कुरा नै नलेख्नु होला । तपाईलाई डिभि परेको भन्ने प्रमाण छ’ उनले भनिन् । उनले आफू जान लागेको संस्था खुलाउन चाहिनन् ।
आफूसँगै ४÷५ जना लागेको उनले बताइन् । उनले भनिन् वागमतीबाट म एक जना मात्रै छु ।
आफ्नो पद कार्यकारी नभएको र कसैलाई कार्यकारी दिनु पर्ने बताइन् । उनले भनिन्, ‘मैले अध्यक्षलाई जानकारी दिएको छु ।’

रञ्जनामा श्रीमान नवराज तिमल्सिनाले आफूहरु छोरीका लागि अमेरिका जान लागेको बताए ।

 

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : ३५ बजे