९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


लेले महादेवखोला वनमा सञ्चालित खानी बन्द गर्न माग गर्दै स्थानीय आन्दोलित




ललितपुर खबर
१७ फागन ०७८, लेले । ललितपुर लेले महादेव खोलानजिकै फुल्चोकी बनमा सञ्चालित ढुंगा खानी बन्द गर्दै स्थानीयबासी आन्दोलित भएका छन् ।
स्थानीय शेखर महतले सञ्चालन गरेको खानीले जंगल मिचिएको भन्दै स्थानीयहरु पानीको मुल सुक्ने र वातावरणमा असर पु¥याएको भन्दै खानी बन्द गर्न माग गर्दै आइतबार र सोमबार खानी बन्द गरेका थिए ।
स्थानीयको विरोधपछि युनाइटेड सिमेन्टको खानी समेत बन्द भएको थियो । सरकारको अनुमती लिएर युनाइटेड सिमेन्टले नीजि जग्गाका साथै सरकोी बनमो अनुमती लिएर खानी सञ्चालन गरिरहेको छ ।
एक स्थानीयका अनुसार आइतबार महादेवखोला चौतारामा स्थानीयले खानी बन्द गर्न र स्थानीयहरुको माग पुरा गर्न माग गर्दै दिनभर छलफल गरेका थिए । तर निश्कर्ष ननिस्केपछि सोमबार पुन बैठक बसेको थियो ।
स्थानीयहरुले क्लव दर्ता गरेर विधिवत रुपमा अघि मागहरु राख्दै चौतारो, महादेव मन्दिर, बनाउन सहयोग गर्नुपर्ने, प्रधुषण रोक्नु पर्ने बन उत्खनन रोक्नु पर्नेजस्ता माग राखेका थिए ।
छलफलमा गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवाल, खानी सञ्चालक महतसहित स्थानीयबासी छलफलमा बसेका थिए । फलफलको क्रममा सिलवालले खानी बन्द गर्दा स्थानीयको रोजीरोटी खोसिने भएकाले आन्दोलन नगर्न र खानी खोल्न राजी हुनका लागि अनुरोध गरेका थिए ।
नाम नबताउने शर्तमा एक स्थानीयले क्लवलाई बार्षिक बजेट उपलव्ध गराउने शर्तमा खानी खोलिएको बताए । उनले भने,पैसा पाएपछि खानी खुलेको छ । अव वनमा डोजर चल्छ ।
एक स्थानीय महिलाले महादेव खोला क्षेत्रमा गाडी चल्दा धेरै धुलो उड्ने गरेकोले बस्न कठीन भएको बताइन् ।
वन क्षेत्रमा दिनदाहाडै डोजर चल्दा रोक्नु पर्नेमा स्थानीय सरकारका प्रतिनिधिहरु मुकदर्शक भएर बसेको भन्दै स्थानीयहरु आजित रहेको उनले बताइन् ।
उनका अनुसार खानी बन्द हुँदा वार्ता गर्र्ने बेलामा प्रहरी आउने गरे पनि बनमा डोजर चल्दा कोही आउँदैनन् । संचालक महतले ढुंगा उत्खनन गरेर युनाइटेड सिमेन्टलाई नै विक्रि गर्ने गर्दछन् ।

टिपर चालक मर्कामा
चक्रपथ भित्र दिउँसो टिपर चल्न नदिदा चालकहरुमर्कामा परेको एक स्थानीय चालकले बताए । उनका अनुसार रातको ९ बजे मात्रै टिपर चल्न दिने हुँदा दिनको एक टिप मात्रै गर्न सकिने हुँदा उनीहरु मर्कामा परेका हुन् । चापागाँउ बजार भएर रातमा मात्रै यहाँका ढुंगा बोक्न पाइने हुँदा दिनको मुस्किलले उनीहरु एक टिप मात्रै ढुंगा ओसार्ने गर्दछन् ।
धेरैजसो खानी बन्द हुने हुँदा टिपरको किस्ता तिर्न समेत नसक्ने अवस्था आएको चालकहरु बताउछन् ।
खानी सञ्चालक महतले ललितपुर खबरसँग कुरा गर्दै स्थानीयले पैसा लिनका लागि अनावश्यक माग राखेर खानी बन्द गरेको दावी गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ०२ बजे