३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुर शंखुकी ९ वर्षीया बालिका बलात्कृत



साँकेतिक तस्विर : इन्टरनेट

१९ फागुन ०७८,शंखु । ललितपुर शंखुकी ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । महानगरिय प्रहरी परिसर जावलाखेलका प्रहरी उपरिक्षक तथा प्रवक्ता शद्दी विक्रम शाहका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका २ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
चैघरेस्थित प्रहरी चौकीले पक्राउ गरी थोकरलाई महानगरिय प्रहरी बृत्त चापागाउमा थुनामा राखिएको छ । ५ दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको शाहले ललितपुर खबरलाई जानकारी दिए ।
प्रहरीले पिडित वालिकाको नाम भने गोप्य राखेको छ ।
साथै झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।