९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


जनभावना क्याम्पसलाई विश्वविद्यालय बनाउने बहस सुरु




१ चैत्र,०७८, चापागाँउ ललितपुर । दक्षिण ललितपुरको पहिलो क्याम्पस जनभावना क्याम्पसलार्ई विश्वविद्यालयमा रुपान्तरण गर्ने बहस सुरु भएको छ ।
पव्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालय आवश्यक भएको भन्दै ललितपुरको चापागाउमा सोमबार आयोजित जनभावना क्याम्पसको कार्यक्रममा विश्व विद्यालय बनाउनु पर्ने माग उठेको हो ।
क्याम्पसमा आयोजित कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा भीमप्रसाद सुवेदीले १ हजार ४ सय ३७ मध्ये जनभावना क्याम्पस उत्कृष्ट रहेका बताए । उनले भने,‘गुणस्तर सुनिश्चित प्रत्याङ्कृत (क्युएए) एकदमै छोटो समय पव्लिक क्याम्पसमध्ये जनभावना रहेको छ ।’ यस क्याम्पसले प्रयास गरेको ४ वर्षमै गुणस्तर सुनिश्चित प्रत्याङ्कृत (क्युएए) पाएको बताए ।
अनुदान आयोगले विश्व विद्यालयमा रुपान्तरण हुन सघाउने बचन दिए ।
वहसमा सामेल हुदै शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भने नयाँ विश्व विद्यालय स्थापनामा खासै चासो देखाएनन् । देशभर रहेका ११ वटा विश्व विद्यालयलाई सुधार्नु जरुरी रहेको बताए । उनले भने, ‘त्यो भन्दा ज्यादा चुनौती त्रिभुवन विश्वविद्यालयलाई सुधार्न आवश्यक रहेको छ ।’ यी विश्व विद्यालयलाई सुधार्न ऐन जरुरी रहेको बताउदै एन ल्याउन सझिलो नरहेको उनको भनाई थियो । यसका लागि ४ वटा ऐनको मस्यौदा तयार गरेर अघि बढाएको मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले धेरै विश्वविद्यालय रहेको र यी विश्वविद्यालयको अवस्था नाजुक रहेको संकेत गर्दै नयाँ विश्व विद्यालय स्थापना गर्नेतर्फ अनिच्छा व्यक्त गरेका थिए ।


मन्त्री पौडेलले पव्लिक क्याम्पसको विश्वविद्यालय बनाउने सन्र्दभमा कुनै तर्क वितर्क नगरि जनभावना क्याम्पसलाई आवश्यक सहयोग भने गर्ने आश्वासन दिए ।
उनले जनभावना क्याम्पसलाई फूलहरुबीचको सुन्दर फूल लालीगुराँसजस्तै सुन्दर भएर फुलाउन जोड दिए ।
उनेको विश्व विद्यालयहरुलाई नियमन गर्न सझिलो नरहेको तथा देशमा ११ वटा विश्वविद्यालय रहेको आशय गरे । यद्यपी हरेक प्रदेशमा विश्वविद्यालय स्थापनाको बहस भइरहेको सन्र्दभमा भर्खरै वागमती प्रदेशले एउटा ऐन पास गरेको छ ।
क्याम्पस प्रमुख तथा पव्लिक क्याम्पसमा अध्यक्ष शिवराज सञ्जेलले विश्वविद्यालयको लागि पुर्वाधारको विकाशमा आफूहरु लागेको बताए । उनले भने, ‘हामीसँग आफ्नै लालपुर्जा भएको साडे ३ रोपनी जग्गासँगै गोदावरी नगरपालिकाले २५ रोपनी जग्गामा पुर्वाधार विकाश गर्न लागेका छौं ।’ अध्यक्ष सञ्जेलले अटोनोमी हुँदै डिन विश्वविद्यालय स्थापनातर्फ अघि बढ्ने लक्ष्य रहेको बताए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले दक्षिण ललितपुरको चापागाँउमा विश्व विद्यालय स्थापना गर्नु आफूहरुको गौरवको विषय भएकाले नगरपालिकाले सबै किसिमको सहयोग गर्ने बताए । उनले भने, ‘हामीले हरेक वर्ष यस क्याम्पसलाई बजेट दिएर सहयोग गरेकै छौं । साँग्रिला डाँडामा जग्गा उपलव्ध भइ सकेको छ । हामील ेसक्ने अरु सहयोग पनि गर्न तयार छौं ।’
ललितपुर १ का संघीय सासंद नवराज सिलवालले विश्व विद्यालयको रुपमा रुपान्तरण गर्ने सपनालाई पुरा गराउन मन्त्रालयलाई सहयोग गर्न आग्रह गरे । उनले भने,‘स्थानीय निकायले जग्गा दिएर पुर्वाधार निर्माणका लागि अघि बढिरहेको छ ।’
गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद उपाध्यायले सरकारले शिक्षाका लागि १० प्रतिशत बजेट छुट्याउनु जरुरी रहेको बताए । उनले भने, ‘नगरपालिकाले पनि १० प्रतिशत बजेट छुट्याओस् ।’ उनले कुरा गरेर केही नहुने काम गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : १० बजे