९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको मेयरमा चिरीबाबुको विकल्पमा काँग्रेसभित्रै भरतलालको चर्चा




ललितपुर खबर
४ चैत्र ०७८, ललितपुर । ललितपुरमा स्थानीय निर्वाचनको सरगर्मी सुरु भएको छ । महानगरको आगामी नेतृत्व कसले हत्याउने भन्ने विषयमा नेपाली काँग्रेसभित्र रस्साकस्सी सुरु भइसकेको छ ।
महानगरमा मेयर महर्जनले आशलाग्दो काम गर्न नसकेको भन्दै काँग्रेस पार्टीभित्र पुराना नेता भरतलाल न्याछ्योलाई विकल्पको रुपमा चर्चा सुरु भएको हो ।
महानगरमा मेयर चीरीवावु महर्जनलाई विपक्षीहरुलाई विश्वासमा लिन नसकेको, नगरमा कुनै ठूलो विकाशको परियोजना गरेर देखाउन नसकेको, कहिले साँघुरो सडकमा रंग पोतेर साइकल लेन बनाएर प्रचार गर्ने, कहिले सरकारले देशभर धुम्रपान निषेध गरेको अवस्थामा नगरपालिकालाई धुम्रपान निषेधको नारा लगाएर नगरबासीलाई उल्लु बनाएको नगरवासीको आरोप छ ।
नेपाली कांग्रेसभित्र ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारको दाबेदारका रूपमा मेयर चिरिबाबु महर्जनसँगै भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा कार्यकर्ताहरुबीच हुने गरेको छ । महानगरमा मेयर पदको आकाक्षा राख्नेमा उपमेयर गीता सत्याल पनि रहेकी छिन् । नगरसभापति सुभानन धाख्वा समेत मेयर पदको आकाक्षा राख्नेमा पर्छन् ।
नगरवासीको मन जित्न नसकेका मेयर महर्जनलाई फेरि पनि मेयर पदमा उठाउने हो भने जित्न मुस्किल हुने काँग्रेस कार्यकर्ताहरु नै बताउने गरेका छन् । मेयर महर्जनले सहकारीकर्मी तथा नेता सुरेन्द्र भण्डारीसँग टसल गरेको समेत केही काँग्रेसजनले मन पराएका छैनन् । लालीगुँरास सहकारी छेकेर समय फल्चा बनाएपछि उनीहरु रुष्ट बनेको एक नेताले बताए ।
न्याछ्यों लामो समयदेखि काँग्रेसको राजनीति दुःख गरे पनि कुनै लाभको पद लिएका छैनन् । उनी अघिल्लो निर्वाचनको बेला मेयरको टिकट पाउने चर्चा भए पनि अन्तिम समयमा पाएनन् ।
उनी २०५२ साल र १२औं महाधिवेशनपछि २०६७ सालमा गरी दुईपटक नगरसभापतिसमेत भईसकेका छन् । न्याछ्योंले अहिलेसम्म स्थानीय निर्वाचनमा मात्रै दावी गर्दै आएका छन् । न्याछ्यो काँग्रेसभित्र पढेलेखेका नेता समेत मान्छिन् । उनले त्रिभुवन विश्व विद्यालयबाट व्यस्थापनमा मास्टर्स गरेका छन् । उनी सूर्य नेपालमा व्यवसायिक प्रवन्धक थिए । उनले चौधरी ग्रुप र विज्ञापन संघमा काम पनि गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : २५ बजे