९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको उपमेयर भन्छन्, ‘राजीनामा दिएर निर्वाचन लड्नु राम्रो’ 




४ चैत्र ०७८, , ललितपुर । ललितपुरका का स्थानीय निकायका उपप्रमुखहरुले निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएपछि मात्रै उम्मेदवार दिनु पर्ने व्यवस्था ठिक भएको बताएका छन् ।

ललितपुर महानगरकी उपमेयर गिता सत्याल राजीनामा दिनु पर्ने व्यवस्था सही भएको बताउछिन् । उनी भन्छिन्, ‘यो व्यवस्था मेरो विचारमा एकदमै राम्रो हो । जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठीक होइन ।’
गोदावरी नगरकी उपमेयर मुना अधिकारी पनि राजिनामा दिएरै निर्वाचनमा जानुपर्ने व्यवस्थालाई सदर गर्छिन् ।

भन्छिन्, ‘सरकारी कुर्सीमा बसे् चुनाव लड्दा अरु प्रत्यासीलाई असर पर्ला भन्ने उद्देश्य होला मलाई चाही ठिकै लाग्यो ।’
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाकी उपमेयर कमला तामाङ जनप्रतिनिधिले राजिनामा दिएरै निर्वाचनमा जानु उर्पयुक्त हुने बताउछिन् । भन्छिन्, ‘नेतृत्वले सोचेर नै निर्णय लिएको होला । मलाई चाहि ठिक लागेको छ ।’

कोञ्ज्योम गाँउपालिकाकी उपाध्यक्ष मिङ्मा लामा भने पार्टीले टिकट दिएपछि मात्रै राजीनामा दिनु उर्पयुक्त हुने बताछिन् । व्यवस्था त राम्रै हो तर राजीनामा दिए पछि पार्टीले टिकट दिएन भने त बर्वाद पो हुन्छ । टिकट पनि पाइएन निर्वाचन पनि भएन भने अप्ठ्यारो पर्ने बताउछिन् । महालक्ष्मी नगरकी उपमेयर निर्मला थापा भने यस विषयमा बोल्न चाहिनन् ।

न्युज कारखाना

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : २८ बजे