९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका पुर्वसासंद शर्मा ऋण लिएर मृगौला प्रत्यारोपण गर्दै




९ चेत्र ०७८, ललितपुर । ललितपुरबाट २०४८ सालको प्रतिनिधिसभाको सांसद निर्वाचित सासंद मिठाराम शर्मा बजगाई आज मृगौला प्रत्यारोपणका लागि भारत जाँदैछन् ।
लामो समयदेखि दुवै मृगौला बिग्रेपछि उपचार गराईरहेका पुर्वसासंद बजगाई केही आर्थिक संकलनपछि मृगौला प्रत्यारोपणका लागि भारत जान लागेको जानकारी दिए । उनले भने, ‘पैसा नपुग्ने अवस्था भएकाले ऋण लिएर मृगौला राख्न लागेको छु ।’
उनको मृगौला प्रत्यारोपण भारतको सिएमआरआई अस्पतालमा हुँदैछ । शरिरमा मृगौला कसरो मिल्छ भन्ने ठेगान भइनसकेको शर्माले बताए । ‘परिक्षण भइए रहेको छ’ उनले भने ।
वागमती गाँउपालिकाले दियो उपचार खर्च
दक्षिण ललितपुरको वागमती गाँउपालिकाले पुर्व सांसद मिठाराम शर्मा बजगाईलाई १ लाख ५० हजार उपचार खर्च हस्तान्तरण गरेको छ ।
गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चनले पुर्वसासंद मिठाराम शर्मालाई उपचार खर्च दिइएको बताए । उनले भने, ‘उहाँ हाम्रो क्षेत्रबाट सासंद रहेरसेवा गर्नु भयो । उहाँलाई अप्ठ्यारो पर्दा गाँउपालिकाले सहयोग गरेको हो ।’
शर्मा मृगौला प्रत्यारोपणका लागि आज भारत प्रस्थान गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । पुर्वसासंद शर्मा लामो समयदेखि उपचार गराई रहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : १० बजे