९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटनको सगरमाथा अक्सिजन प्लान्टमा विस्पोट १ जनाको मृत्यु



८ वैशाख ०७९, ललितपुर । पाटन औधोगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्पोट हुँदा १ जनाको मृत्यु भएको छ । विहान १० वजे अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्पोट भएको ललितपुर प्रहरी प्रवक्ता सिद्दि विक्रम शाहले ललितपुर खबरलाई बताए ।

अक्सिजन विस्पोटपछि उद्दारमा खटिएका प्रहरी । लेन्स : न्युज एजेन्सी नेपाल

उनका अनुसार ५ जना घाइते भएका छन् । विएडवि अस्पताल ग्वार्को र पाटन अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । विस्तृत विवरण आइ नसकेको प्रवक्ता शाहले बताए ।

प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो हुन्।

उद्योगमा रहेका अन्य श्रमिकहरुलाई उद्दार प्रहरीले गरिरहेको उनले बताए ।

अक्सिजन विस्पोटको ठूलो आवाज आएपछि औद्योगिक क्षेत्रमा भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ५५ बजे