९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा ५० मतदानस्थल संवेदनशील



चापागाँउ प्याङगाँउस्थित एक मतदानस्थल । लेन्स : ललितपुर खबर

२९ वैशाख ०७९, ललितपुर । ललितपुरमा ५० मतदानस्थल संवेदनशीलको सूचीमा रहेको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिएको जानकारी अनुसार भौगोलिक विकटता, यातायात, सञ्चार, जनघनत्व एवं विरोधीको गतिविधिका आधारमा संवेदनशील मतदानस्थलको सूची सुरक्षा संयन्त्रले तयार पारेको छ ।
त्यस्ता मतदान केन्द्रमा बढी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने बुथको सुरक्षामा घेरामा रहेर म्यादी प्रहरी पहिलो घेरा, नेपाल प्रहरी दोस्रो घेरा र सशस्त्र प्रहरीले तेस्रो घेरामा रहेर सुरक्षा दिने र नेपाली सेनाको टोली समेतको सुरक्षा व्यवस्था मिलाएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचनको ललितपुर जिल्लाका छवटै पालिकामा सम्पूर्ण तयारी पूरा भएको छ । ललितपुरका छ पालिकाको २८८ मतदान केन्द्रमा रहेको १३१ मतदानस्थलमा एक हजार ४३३ जना कर्मचारी मतदान केन्द्रमा पुगेर मतदानको तयारी पूरा गरेको जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।
ललितपुरमा विसं २०७४ को निर्वाचनपछि अहिलेका निर्वाचनसम्ममा ३० हजार ८११ जना नयाँ मतदाताले मतदान गर्ने उनले जानकारी दिइन् । महानगर, नगरपालिका तथा गाउँपालिकाका सबै मतदान केन्द्रमा कर्मचारीले नयाँ मतदाता तथा परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गर्ने, मतदाता शिक्षा दिने र भोलि हुने मतदानका लागि बुथ निर्माण कार्य गरिरहेको घिमिरेले जानकारी दिइन् ।
ललितपुरमा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रोलिङ्गी एक गरी कूल दुई लाख ४३ हजार ८८४ मतदाता रहेको उनले जानकारी दिएकी छिन् ।

ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९०, महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८, महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९, महिला २७ हजार ७६९, तेस्रोलिङ्गी एक गरी कूल ५४ हजार ३९९ जना मतदाता रहेका छन् ।
त्यस्तै कोञ्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कूल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला छ हजार ३६८ गरी कूल १२ हजार ३२८ र महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कूल नौ हजार १२ जना मतदाता पुगेको प्रमुख घिमिरेले जानकारी दिइन् ।
ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा १८ मतदानस्थल र ४३ वटा मतदान केन्द्र, गोदावरी नगरपालिकामा ३१ मतदानस्थल र ६६ मतदान केन्द्र, कोञ्ज्योसोम गाउँपालिकामा सात मतदानस्थल र १२ मतदान केन्द्र, बागमती गाउँपापिलकामा १३ मतदानस्थल र १७ मतदान केन्द्र, महाङ्काल गाउँपालिकामा १० मतदानस्थल र १३ मतदान केन्द्र रहेका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : २४ बजे