९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कोञ्ज्योसोममा काँग्रेस माओवादी दुई दुई वडामा विजयी, एउटामा एमाले( मत परिणामसहित)




ललितपुर खबर
४ जेठ ०७९, ललितपुर । ललितपुर कोञ्ज्योसोम गाँउपालिकामा गठबन्धनले चार वटामा विजय प्राप्त गरेको छ भने नेकपा एमालेले एउटामा मात्रै विजयी भएको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमाले कोञ्ज्योसोमको १ नम्बर चौघरे र ३ नम्बर दलचोकीमा प्रतिश्पर्धी रहेर दोश्रो स्थानमा रहयो । नेकपा माओवादी नल्लुमा मात्रै दोश्रो भयो ।

गाउँपालिकाका पाँच वडामध्ये दुईमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एकमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका थिए । वडा नम्बर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नम्बर २ सङ्खुमा एमालेका रोहन लामा, वडा नम्बर ३ दलचोकीमा नेपाली कांग्रेसका तिलक बोम्जन र वडा नम्बर ४ नल्लुमा कांग्रेसका तीर्थ घलान र वडा नम्बर ५ मा माओवादी केन्द्रका विजय तामाङ विजयी भएका छन् ।
नेकपा एमाले गाँउपालिकाको २ नम्बर वडा शंखुमा विजय प्राप्त गरेको थियो । याँहा रोहण घलानले ८ सय ३ मत ल्याउदै ५ सय ५३ मत पाएका लिलाधर घिमिरेलाई पराजित गर्न सफल भए ।
वडा नम्बर १ चौघरेमा नेकपा माओवादीका सन्तलाल लामाले ५ सय ५८ मत ल्याएर नेकपा एमालेका देवबहादुर तामाङलाई पराजित गरे । तामाङको ३ सय ६८ मत आएको थियो ।
नेपाली काँग्रेसका तिलकबहादुर बोम्जनले ५ सय ६७ मत ल्याएर कोञ्ज्योसोम ३ दलचोकीको नेतृत्व हात पारे । उनले ३ सय ७६ मत ल्याएका र नेकपा एमालेका उम्मेदवार रामशरण मगर लाई पराजित गरेका हुन् ।
कोञ्ज्योसोम ४ नल्लुमा नेपाली काँग्रेसका तीर्थबहादुर घलानले ५ सय २५ मत ल्याएर ३ सय २२ मत ल्याउने नेकपा माओवादीका उम्मेदवार अविरल तामाङलाई पराजित गरे ।
कोञ्ज्योसोम ५ भारदेउमा नेकपा माओवादीका विजय कुमार स्याङतानले नेपाली काँग्रेसका जीवनकुमार तामाङलाई पराजित गरेका थिए । माओवादी का उम्मेदवार स्याङतानले ५ सय ६० मत पाए भने काँग्रेसका तामाङले ३ सय ३२ मत पाएका थिए ।


कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी भएका थिए । अध्यक्षमा लामाले तीन हजार १ सय ४ मत ल्याएर विजयी भएका हुन् भने लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले दुई हजार ५ सय ९ मत ल्याएका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ५० बजे