९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको वागमतीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने




९ जेठ ०७९, ललितपुर । ललितपुरको वागमती गाँउपालिकाले सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा सँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाँउपालिकाका नवनियुक्त पालिका अध्यक्ष विरबहादुर लोप्चनले आइतबार पदभार ग्रहण पछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै सुत्केरी स्याहारको विशेष प्याकेज ल्याएका हुन् ।
गाँउपालिकाका अध्यक्षले सुत्केरीलाई २ हजार भत्ता दिन लागिएको बताएका छन् । उनले यो निर्णयसँगै इसिडि शिक्षकहरुलाई अपुग भएमा गाँउपालिकाले रकम थप गर्ने भएको छ । साथै पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्ने समेत निर्णय भएको छ ।
सपथग्रहणसँगैबागमती गाउपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरु र वडा सदस्यलाई सपथ खुबाएका थिए ।

बागमती गाऊपालिका अध्यक्ष वीरबहादुर लोप्चनले चुनावअघि इसीडी शिक्षक र विद्यालय कर्मचारी हितमा आफूले काम गर्ने बताएका थिए । उनको आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटमा इसीडी शिक्षक र विद्यालय कर्मचारीको समस्या संबोधन गर्ने एजेण्डा थियो ।

उनले भने, ‘विद्यालयमा कार्यरत इसीडी शिक्षक, विद्यालयका सहायक तथा सहयोगी कर्मचारीको तलब वृद्धि गरी न्यूनतम १५ हजार पुर्याउने छु । आउँदो आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गर्नेछु ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ०३ बजे