९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महाँकाल गाँउपालिकाको नाम परिवर्तन निर्णय विवादमा, प्रतिपक्ष एमाले ज्ञापनपत्र बुझाउदै



कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर ः ललितपुर खबर

१४ असार ०७९, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाको नाम परिवर्तन गर्ने गाँउसभाको निर्णय नेकपा एमालेले विरोध गरेको छ ।
गत असार १० गते बसेको दोश्रो गाँउसभाले प्रदेशलाई गाँउपालिकाको नाम महाँकाल बैतरणी बनाउने सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।
नेकपा एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले जिल्ला नेतृत्वसहित माहाँकाल गाँउपालिकाका उपलब्ध अगुवा नेताहरुको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यावहारिक भएको बताए । उनले भने,‘नाम परिवर्तनले समाजमा बिबाद, विग्रह र बिभाजन मात्रै ल्याउने र लहडमा गरिएको निर्णयलाई हामी कुनै पनि हालतमा कार्यान्वयन दिदैनौं ।’
हुमागाईले आज विरोधमा पार्टीले गाँउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको बताए । भने, हाम्रो माग पुरा भएन भने हामी धर्ना जुलुसलगायतका विरोधका कार्यक्रम सार्वजनिक गर्छौं ।
गाँउपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै दक्षिण ललितपुरमा विभिन्न नाम राख्नु पर्ने तर्कवितर्क सुरु भएको छ । पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर,बैर्तणी,तोक्तोङगुम्बा नाम राख्नु पर्ने विवाद उत्पन्न भएको छ ।
राज्य पुर्नसंरचनाको समयमा दक्षिण ललितपुरको बुखेल,मानिखेल,गोटिखेल,चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमश वडा बनाएर गाँउपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।
एमाले काँग्रेस गठबन्धनपछि गएको स्थानीय निर्वाचनमा नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । निर्वाचनका क्रममा गठबन्धनले प्रतिपक्ष दलले एउटा पनि जनप्रतिनिधि विजयी भएनन ।
गाँउपालिकाको नाम परिवर्तनका लागि दुईतिहाईको समर्थनमा प्रदेशमा सिफारिस गर्नसक्ने प्रावधान छ । प्रदेशले केन्द्रलाई सिफारिस गरेपछि मात्रै नाम परिवर्तनको निर्णय हुन्छ । गाँउपालिकाका अध्यक्ष गणेश केसीले बैठकमा आफूहरुले प्रस्ताव मात्रै गरेको बताए । उनले भने, हामीले दुई तिहाईले सिफारिस गरिसकेका छैनौं । तत्काललाई यो प्रस्ताव अघि बढ्दैन ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ०७ बजे