९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी समस्यामा,ग्राहकलाई १० हजार पैसा फिर्ता गर्दै व्यवस्थापन




१६ असार ०७९, काठमाडौं । ललितपुर सातदोवाटोस्थित देउराली बहुउश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ ।
पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो ।
हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड छ । जावलाखेलमा पसल व्यावसाय गर्दै आएका भारत घर भएका बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएकोे बताए । उनले भने, गतसोमबारसम्म टोकन बाँडिएको थियो । अहिले बन्द छ । अव टोकल लिनेले अब २८ गते मात्रै पैसा पाउछ ।
सहकारीबाट टोकन लिएकाहरुलाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ । आर्थिक बर्षको अन्तिम भएकाले सबै ठाँउमा आर्थिक दबाब रहेको बताउदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ ।
सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नु परेकाले अप्ठ्यारो परेको स्बीकार गरे । उनले भने,‘हामी भागेका छैनौं । कार्यालय खोलेरै काम गरिरहेका छौं । विस्तारै पैसा फिर्ता गछौं । अहिले पनि दैनिक ३० लाख भन्दा धेरै बचत फिर्ता गरिरहेका छौं ।’
उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन् । बजारबाट बचत राख्न कर गरिएको छैन तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ ।
सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने शर्तमा आफूले ४० लाख बचत गरेको बताए । उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिन दिनैटोकन पाइदैन । मलाई पैसा फिर्ता दिन २ दुई चार बर्ष लाग्ने भो ।’


पछिल्लो संकट टार्न अध्यक्ष चौलागाई डटेर लागेको एक कर्मचारीले बताए । उनले भन, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।‘ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए ।
पछिल्लो समय आफ्नो सबै पैसा फिर्ता माग्न आउने बचतकर्ताको दबाबले सहकारीलाई झन् दवाव परेको चौलागाई बताउछन् । भन्छन्, ‘सबैले धर्य गरेर हाम्रो काम र हाम्रो व्यावहार हेरेर विस्वास गरेको खण्डमा समस्या सुल्याउन सझिलो हुन्छ ।’
सहकारीले सातदोबाटो र नयाँ सडक र सूर्यविनायकमा शाखा कार्यालयमार्फत बारबार गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : ०४ बजे