२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको सुनाकोठीको किराना पसलमा आगो लगाएर भागेपछि…



प्रतिकात्मक तस्बिर

३० असार ०७९, ललितपुर । ललितपुरको सुनाकोठीस्थित एक किराना पसलमा आगो लगाएर एक अपरिचित भागेका छन् ।
अपरिचित ब्यक्तिहरूले सिसा फुटाई उक्त स्टोरमा आगजनी गरेको प्रहरीले बताएको छ ।
ललितपुर महानगरपालिका २६ जैनखेल सुनाकोठीस्थित चोभेन्द्र महर्जनको न्यू सुलभ स्टोर किराना पसलमा गएराति आगजनी भएको हो ।
आगजनीबाट १ थान डिफ्रिज, काठको ¥याक लगायत बिभिन्न सामानहरू जलेर करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सूचनापछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न फरार अभियुक्तको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।