६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको सुनाकोठीको किराना पसलमा आगो लगाएर भागेपछि…



प्रतिकात्मक तस्बिर

३० असार ०७९, ललितपुर । ललितपुरको सुनाकोठीस्थित एक किराना पसलमा आगो लगाएर एक अपरिचित भागेका छन् ।
अपरिचित ब्यक्तिहरूले सिसा फुटाई उक्त स्टोरमा आगजनी गरेको प्रहरीले बताएको छ ।
ललितपुर महानगरपालिका २६ जैनखेल सुनाकोठीस्थित चोभेन्द्र महर्जनको न्यू सुलभ स्टोर किराना पसलमा गएराति आगजनी भएको हो ।
आगजनीबाट १ थान डिफ्रिज, काठको ¥याक लगायत बिभिन्न सामानहरू जलेर करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सूचनापछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न फरार अभियुक्तको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।