९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको आश्राङ स्वास्थ्य चौकीको भवन लथालिङ, कर्मचारी अभावका कारण सेवा बन्द



स्वास्थ्य चौकीको ढोका भत्केको झ्याल ।

ललितपुर खबर
४ साउन ०७९, चापागाँउ । दक्षिण ललितपुरको आश्राङ स्वास्थ्य चौकीमा जव झरि पर्छ कोठाभित्र बसेर छाता ओड्नु पर्छ । छत चुहिएर कोठाभरिको पानी सोहर्न स्वास्थ्यकर्मीको काम हुन्छ । साँझ फर्कदा स्वास्थ्य चौकीको ढोका लगाउनु नै पर्दैन । झ्याल ढोका भत्केर ह्वाङै छ ।
स्वास्थ्य चौकीमा काम गर्ने एक कर्मचारीका अनुसार गर्मीमा यहाँ लामखुट्टे पसेर बस्नुखानु हुँदैन । विजुली बत्ती छैन । रात परेपछि भर्ना भएका सुत्केरीलगायतका विरामी जाँच गर्न कर्मचारीहरु मोवाइल बाल्छन् ।
हिउदमा हुरी बतासले समेत स्वास्थ्य चौकीमा सास्ती दिन्छ । पहाडको बीचमा रहेको यस स्वास्थ्य चौकीमा सर्पको समेत डर हुने कर्मचारीहरु बताउछन् ।
एक स्थानीयले राजनीतिक खिचातानीले यो स्वास्थ्य चौकीको भवन निर्माण नभएको बताए । उनले भने,‘विजुली पनि जडान हुन्थ्यो । राजनीतिले विर्गा¥यो ।’
पछिल्लो केही दिनदेखि अस्पतालको भवन मात्रै होइन कर्मचारी नहुँदा अत्यावश्यकीय सेवा समेत बन्द भएको छ । वागमती गाँउपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै ११ जना कर्मचारीको करार नविकरण भएन । १३ बर्षदेखि आश्राङ स्वास्थ्य चौकीका कार्यरत अनमी विमला सञ्जेलको करार नविकरण नहुँदा सेवा बन्द भएको हो ।

छत चुहिएर ढुसी परेको छत ।

दक्षिण ललितपुरको बाग्मती गाउँपालिकाले केही दिनअघि विभिन्न शाखाका ११ जना करार कर्मचारीहरुलाई हटाउने निर्णय गरेको थियो ।
बाग्मती ६ आश्राङमा स्वास्थ्य चौकीमा कार्यरत वर्थिङ अनमी विमला कार्कीलाई पनि गाउँपालिकाले हटाएपछी दैनिक रुपमा सञ्चालन भईरहेका ५ वटा सेवा बन्द भईरहेका हुन् । स्वाथ्य चौकी प्रशासनका अनुसार अनुभवी कर्मचारी हटाउँदा सुरक्षित मातृत्व, मासिक तथा वार्षिक प्रतिवेदन, सुरक्षित गर्भपतन,परिवार नियोजन,स्त्रीरोग सम्बन्धी सेवा बन्द भएका हुन् ।
स्वास्थ्य चौकीका अहेव उद्धव घिमिरेले अनुभवी कर्मचारीलाई हटाउँदा अब त्यही लेभलको कर्मचारी तयार पार्न लामो समय लाग्ने बताए ।
उपत्यकाकै कर्णालीको रुपमा चिनिने आश्राङजस्तो दुर्गम ठाँउमा बसेर काम गर्ने कर्मचारी पाउन मुस्किल हुने एक स्थानीयले बताए । उनका अनुसार बाहिरबाट कर्मचारी आएपछि तिज दशै तिहार भन्दै विदा लिएर जान्छन् । साँझ विहान राती चाडपर्वलगायत समयमा बसेर कसैले सेवा दिदैन । एक एथानीयले भने, ‘मर्ने यहीका जनता हुन् ।’
यहाँ चौविसै घण्टा बसेर स्थानीय विमला सञ्जेलले काम गरेकी थिइन् । राज्यले उनलाई १३ वर्षदेखि विभिन्न तालिम दिएर ल गानी गरेको थियो । विमलाजस्तो अनुभवी र दक्ष स्वास्थ्यकर्मी बनाउन आश्राङ स्वास्थ्य चौकीलाई लामो समय लाग्ने स्थानीय बताउछन् ।
विमलीले विभिन्न समयमा करिव १५ वटाभन्दा धेरै तालिम लिएको बताउछन् ।
यस हेल्पपोष्टमा सेवा लिन दक्षिण ललितपुरको ठूलादुलुङ,गिम्दी आश्राङ र प्युटारसँगै उत्तरी मकवानपुरको चञ्थली मञ्थलीलगायतका ठाँउबाट हजारौ विरामी आउछन् ।
आश्राङसँगै प्युटारस्थित थाङसि ङटार अस्पतालमा प्रसुतीलगायतको सेवा भए पनि पर्याप्त र भरपर्दो सेवा नहुँदा धेरै विरामी आश्राङ नै पुग्ने गर्दथे ।
यस अस्पतालमा गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनका छोरा डाक्टर सूर्यकिरण लामा छन् । उनले डेलिभरीसम्बन्धि पर्याप्त तालिम नलिएको एक स्थानीय बताउछन् । आश्राङवरपर क्लिनिक र फार्मेसीलगायत केही पनि छैनन् ।

अस्पताल प्रशासनले वडा कार्यालय र गाँउपालिकालाई कर्मचारी अभाव भएको भन्दै पत्र लेखेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ५४ बजे