९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


वागमतीमा करार कर्मचारी पुर्नवाहली माग गर्दै संरक्षण समितीले बुझायो ज्ञापनपत्र



आश्राङ स्वास्थ्य चौकीमा १३ बर्षदेखि कार्यरत तालिमप्राप्त बर्थिङ अनमी विमला कार्की र बुझाइएको ज्ञापन पत्र र अध्यक्ष लोप्चन ।

६ साउन ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले ११ जना करारका कर्मचारी बर्खास्त गरेपछि कर्मचारीले वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनलाई ज्ञापनपत्र बुझाएका छन् ।
वागमती करार कर्मचारी हकहित संरक्षण समितीले बुझाएको ज्ञापनपत्रमा विना प्रकृया कर्मचारी बर्खास्त गरेको भन्दै पुर्नवहालीको माग गरिएको छ । ज्ञापन पत्रमा अध्यक्ष विमला सञ्जेल र सचिव सरस्वती तिमल्सिना,रिता दुलाल,रामजी घिमिरे,मदन थापा, विनोद थापामगर, पुजा शर्मा, पदम मार्पा, प्रतिक घिसिङ्ग लक्ष्मण तिमल्सिना,युवराज घलेको मान उल्येख छ ।
संरक्षण समितीकी अध्यक्ष विमला कार्कीले अध्यक्ष लोप्चनले स्थानीयको माग आएको खण्डमा आफूले आश्राङ्ग हेल्प पोष्टमा कार्यरत आफूलाई पुर्नवहाली गर्ने आश्वासन दिएको बताइन् । अध्यक्ष लोप्चनले लोकसेवा पास गरेर स्थायी नियुक्ती लिन समेत आफूलाई सुझाएको बताइन् ।
सञ्जेलका अनुसार अन्यथा अस्पताल एक जना कर्मचारीले चल्ने भन्दै आफूले पुर्नवहाली नगर्ने बताएका थिए ।
लेप्चनले ललितपुर खबरसँग आफुले कर्मचारी पुर्नबहाली नगर्ने बताए । उनले थाङ्सिङटारमा आफ्नै छोरा सूर्यकिरण लामा डाक्टर भएकाले करार नियुक्त गरेको र अरु डाक्टर आएर काम गरेको खण्डमा उनको समेत करार रद्द गर्ते बताए ।
ज्ञापन पत्रमा २०६५ सालदेखि एस विए तालिमप्राप्त जनशक्तिा बर्थिङ सेन्टरमा कार्यरत रहेको नेपाल सरकारको संघ सशर्त स्वास्थ्यतगायत बर्थिङ्ग सेन्टर सञ्चालनका लागि गतबर्ष झैं यस आर्थिक बर्षमा तलव भत्ता पठाएको र वागमती गाँउपालिकाको आन्तरिक श्रोतबाट तलव भक्ता खुवाउन नपरेको भएतापनि नियोजित ढंगबाट विना प्रकृया स्वास्थ्यलगायत ११ जना करार कर्मचारीहरुलाई लक्षित गरि सेवाबाट हटाएको उल्येख गरिएको छ ।
विज्ञप्तीमा उल्येख गरिए अनुसार गत साउन १ गते ५ बजे टेलिफोन मार्फत सेवाबाट बर्खास्त गरिएको जानकारी दिइएको थियो । बर्खास्तीपछि मार्त शिशु सुरक्षा कार्यक्रममा गम्भिर असर पर्ने तथा वाल मृत्युदरमा प्रत्यक्ष असर पर्ने भएकाले अति संवेदनशील क्षेत्रमा रहेका तालिमप्राप्त दक्ष कर्मचारीहरुलाई तीन दिनभित्र करार पुनर्बहाली गर्न माग गरिएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : १७ बजे