८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्रधानमन्त्री दउवाले गरे उर्जामन्त्री पम्फा भुसालको कामको प्रशंशा




१ कात्तिक ०७९, ललितपुर । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर ३ की उम्मेदवार तथा उर्जामन्त्री पम्फा भुसालको प्रशंशा गरेका छन् ।
प्रधानमन्त्री देउवाले मन्त्री भुसालले आफ्नो नेतृत्वमा देशभर लोडसेडिङ अन्त्य गर्दै विद्युत् प्राधिकरणलाई नाफामा लगेको र विद्युत् विक्रिको योजना बनाएको भन्दै प्रशंशा गरेका हुन् ।
साथै ललितपुर २ का गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनलाई निर्वाचन जिते मन्त्री बनाउने प्रधानमन्त्री देउवाको आश्वासन समेत दिएका छन् ।
ललितपुरमा मंगलबार आयोजित निर्वाचन परिचालन अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेता महर्जनलाई मन्त्री बनाउने बताएका हुन् ।
उनले कार्यक्रममा आफूले गएको निर्वाचनमा माओवादीलाई भोट दिएको बताउदै प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका नेताहरुलाई समेत भोट दिन अनुरोध गरे ।
कार्यक्रममा उदय शम्सेर राणाले सबैले सबैलाई भोट माग्न जरुरी रहेको बताए । उर्जा मनत्री तथा उम्मेदवार भुसालले ललितपुरको विकाशका लागि आफूले गर्ने कामहरुको बारेमा जानकारी दिउकी थिइन् ।

कार्यक्रमलाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ३१ बजे