ललितपुर खबर
९ मंसिर ०७९, ललितपुर । ललितपुर सातदोवाटोमा रहेको नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल सहकारीबाट पैसा लिएर वेपत्ता भएका छन् ।
गतमंसिर निर्वाचन ५ गते विहान घरबाट आफू भक्तपुर जाने र एक घण्टामा आउँछु भनेर निस्केका उनी हालसम्म सम्पर्कमा आएका छैनन् । उनको मोवाइल अफ गरिएको छ ।
सहकारीका अनुसार उनले कार्यालय बन्द हुनुअघि १ लाख २४ हजार लिएका थिए ।
गोदावरी नगरपालिकाका गजेन्द्र महर्जन दाहाल बेपत्ता भएपछि उनको घर पुगेर सान्त्वना दिएका छन् । तत्काल ऋण धनको विषयमा कसैले दवाव दिए आफूलाई भन्न आग्रह गर्दै चिन्ता नलिन उनको आश्वासन थियो । उनी गतस्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यका उम्मेदवार थिए । उनी सो पदमा पराजय भए ।
सहकारीले बज्र फाउण्डेशनलाई ठूलो रकम विनाधितो ऋण दिएको छ । ऋण उठ्न नसक्दा सहकारीमा समस्या आएको छ । तर दाहालले विनाधितोको समस्या समाधान गरेको बताउने गरेका थिए । यस सहकारीले विनाधितो धेरै रकम ऋण लगानी गरेको बुझिएको छ ।
उनले आफ्ना वरपरका मान्छेबाट मिटर व्याजमा पैसा लिएको खुलेको छ ।
उनका भाई सविना दाहालले फोन अफ मात्रै भएको तर फरार नभएको दाबी गरे । उनले असम्बिन्धित व्यक्तिलाई यसबारे थप कुरा नगर्ने बताए । सहकारीका एक पदाधिकारीले निर्वाचनपछि उनी कार्यालय नआएको पुष्टि गरे । उनले उनका बारेमा थप खुलाउन चाहेनन् ।
नयन सहकारी केही समयअघि हेलो कञ्चनजंगासँग एकीकरण भई छ महिनापछि एकीकरण भंग भएको थियो । हेलो कञ्चनजंगाका अध्यक्ष तथा जिल्ला सहकारीसंघका अध्यक्ष रामहरि बजगाईले उनीहरुको गतिविधि राम्रो नदेखेपछि एकीकरण भंग गरेको बताए ।
दाहाल सम्पर्कविहीन भएको विषयमा कुनै उजुरी अहिलेसम्म नआएको महानगरिय प्रहरी बृत्त चापागाँउले जानकारी दिएको छ ।
संघका अध्यक्ष रामहरि बजगाईले सहकारीको समस्याले भन्दा पनि व्यक्तिगत कारणले सम्पर्क नआएको हुनसक्ने बताए । उनले भने, ‘सहकारीमा समस्या भए व्यक्तिगत हुँदैन स सहकारीका सञ्चालक र सहकारीसँगले पनि समस्या समाधान गर्ने पहल गर्छ ।’
प्रतिक्रिया