७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको बगुवामा कुखुरा बोकेको गाडी दुर्घटना, चालकको मृत्यु



ललितखबर
७ कार्तिक । दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा कुखुरा बोकेर काठमाडौंतर्फ आइरहेको बोलेरो गाडी दुर्घटनामा परेको छ । भट्टेडाँडा प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
चालकको चितवन १६ भरतपुरका भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी मृतकको साथमा परिचय पत्र नभेटिएको प्रहरीको भनाई छ ।
सहचालकको परिचय खुल्न नसकेको प्रहरीको भनाई छ । गाडी सडकबाट खसेर भीरमा १ सय मिटरभन्दा तल पुगेको छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ४७ बजे