२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको भेल्पाबाट साधुरामको सरसामान चोरी



उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद ३ लाख रूपैयाँ गरी करिब १५ लाख ६ सय रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको

ललितपुर
ललितपुरको भेल्पास्थित एक घरबाट १५ लाखभन्दा धेरै मूल्य पर्ने विभिन्न सरसामान चोरी भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१७ भेल्पा बाफल डेरा गरी बस्ने महांकाल गाउँपालिका– ३ गोटिखेल घर भएका ५६ वर्षीय साधुराम तिमल्सिनाको कोठाबाट चोरी भएको हो ।

उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद ३ लाख रूपैयाँ गरी करिब १५ लाख ६ सय रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको प्रहरीको बुलेटिनमा उल्येख छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।