२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको प्रयोगपोखरीको एक घरमा आगलागी



ललितपुर
ललितपुरको प्रयोगपोखरीमा आज आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका १२ प्रयागपोखरी बस्ने केदार बहादुर श्रेष्ठको भान्सा कोठामा मंगलबार दिउँसो आगलागी भएको हो ।
आगलागीका कारण करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
आजै ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सत्यनारायण मानन्धरको किराना पसलमा विद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।

 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।