२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीको झरुवाराशी र ठेचो सडक पक्की बन्ने



ललितखबर
सडक पुर्वाधारको विकासको सन्दर्भमा ललितपुर धेरै पछाडि छ । गोदावरी र दक्षिणा ललितपुरका तीन गाँउपालिकामा फराकिला सडक छैनन् । मुल सडकको हालत खराव भएको यस भेगमा भित्री सडक झन् नाजुक रहेको पाइन्छ ।
एउटा खुशीको खबर छ । भर्खरै गोदावरी नगरपालिकाले स्थानीय सडक स्तरोन्नतीका लागि ठेक्का लगाएको छ । नगरपालिकाले झरुवाराशी डाँडागाँउदेखि न्यौपानेगाँउसम्मको सडक पक्की बनाउन लागेको हो । साथै ठेचोबाट बुङमती सडक समेत सुधार हुँदैछ । दुबै सडक सक्षम निर्माण सेवाले ठेक्कामा लिएको छ । नगरपालिकाले ठेचो सडक २ करोड ५४ लाख रुपैयाँ र झरुवाराशी सडकका लागि २ करोड ८३ लाख खर्चने भएको छ ।
गोदावरी १३ का वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्य भास्कर थापाका अनुसार केन्द्र र स्थानीय निकायको साझेदारीमा यो सडक स्तरोन्नती हुन लागेको हो । भन्छन्, केही ठाँउमा वाल उठाउनु छ । आधा ढलान र आधा कालोपत्र गरिनेछ । असार मसान्तसम्म काम सम्पन्न गर्नका लागि ठेक्का लगाइएको हो ।
सडक पक्की बनेसँगै यहाँको जनजीवन सहज बन्नेछ भने सार्वजजिक यातयात सञ्चालनका लागि समेत वातावरण भन्ने छ ।
पछिल्लो समय लेले टिकाभैरव क्षेत्रमा रहेका ढुंगा खानीका टिपर समेत बस्तीबाट सञ्चालन हुँदा ट्राफिक जाम खेप्नु परेको छ । सडक पक्की बनेसँगै यस भेगमा हिडडुल गर्न सझिलो बन्नेछ ।
गोदावरी नगरभित्र तुलनात्मक रुपमा झरुवाराशी क्षेत्रका भित्री सडकहरु पक्की बनाइएका छन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।