१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धापाखेलमा सप्ताह महायज्ञ सुरु हुने



 

चापागाँउ

ललितपुरको धापाखेलमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणमा सहयोग जुटाउने उद्देश्यले सप्ताह महायज्ञ सुरु हुने भएको छ ।

आउँदो चैत्र २६ गतेबाट सुरु हुने महायज्ञ ०८३ वैशाख ३ गते सम्पन्न हुने कार्यक्रम रहेको देशव्यापी १०८ श्रीमद् भागवत सत्संकल्पकर्ता मुमुक्षु उद्धव शर्माले जानकारी दिएका छन् ।

 

धर्म जागरण तथा ज्ञात अज्ञात पितृहरुको मोक्ष प्राप्ती सँगै विश्व शान्ति र देशको उन्नती प्रगतीको कामना गर्दैयो महायज्ञ सुरु हुने मुमुक्षु शर्मा बताउछन्।

 

ललितपुर महानगरको २३ नम्बर वडाकोटोल सुधार संघ र सो स्थानमा रहेका विभिन्न सामाजिक संघ संस्था यस कार्यक्रमको संकल्पकर्ता रहेका छन् । महायज्ञको संयोजक देवकी खड्का रहेकी छन् ।  सो स्थानका विभिन्न अध्यक्षहरु सहसंयोजक तथा संस्थाका सदस्यहरु मुल समारोह समितीका सदस्य रहनेछन् ।

महायज्ञ पाधाखेलस्थित २३ नम्बर वडा कार्यालय परिसरमा सञ्चालन हुन लागेको हो । महायज्ञको शुभारम्भअघि धापादेल घुम्दै नागदह परिसरसम्म विशाल कलशयात्रा गरिने मुमुक्षु शर्मा बताउछन्। महायज्ञमा आचार्य श्री ओमप्रकाश सुवेदीले संगीतमत कथा प्रचवन दिने छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।