२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धापाखेलको महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता



ललितखबर
जेष्ठ नागरिक सेवा केन्द्र निर्माणको सहयोग जुटाउन ललितपुर महानगर २३ वडा कार्यालय नजिकै सप्ताह महायज्ञ जारी छ । महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ ।
दिनभर कथा प्रवचन, भजन र आरतीका लागि सयौंको भीड लाग्ने गरेको हो ।

कार्यक्रममा संघीय सासंद तोसिमा कार्की, प्रदेस सासंद रघुनाथ महर्जनलगायत विशिष्ठ व्यक्तहरु पुगेर जेष्ठ नागरिक केन्द्र निर्माणका लागि आवश्यक सहयोग गर्ने वचन दिएका छन् ।

देशव्यापी १०८ श्रीमद् भागवत सत्संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको संयोजनमा सुरु महायज्ञमा अहिलेसम्म करिव १० लाखभन्दा धेरै रकम सहयोग प्राप्त भइसकेको छ । आयोजकका अनुसार कार्यक्रम सफल बनाउन दानविरहरुले विभिन्न सहयोग गरिरहेका छन् ।

धर्म जागरण तथा ज्ञात अज्ञात पितृहरुको मोक्ष प्राप्ती सँगै विश्व शान्ति र देशको उन्नती प्रगतीको कामना गर्दै यो महायज्ञ सुरु गरिएको संयोजक मुमुक्षु शर्मा बताउछन् । महायज्ञको उद्देश्य धर्म जागरण भएको उनी बताउछन् ।

ललितपुर महानगरको २३ नम्बर वडाका टोल सुधार संघ र सो स्थानमा रहेका विभिन्न सामाजिक संघ संस्था यस कार्यक्रमको संकल्पकर्ता छन् । महायज्ञको मुल कर्ता देवकी खड्का रहेकी छन् ।

महायज्ञ पाधाखेलस्थित २३ नम्बर वडा कार्यालय परिसरमा सञ्चालन भइरहेको छ । महायज्ञको शुभारम्भअघि नागदह परिसरसम्म विशाल कलशयात्रा गरिएको थियो ।

आचार्य श्री ओमप्रकाश सुवेदीले संगीतमत कथा प्रचवन दिइरहेका छन् । कथा प्रवचनका लागि झाँकी र संगीतमय बाध्यबाधनसंगै कलाकारहरुले साँगेतिक प्रस्तुती दिइरहेका छन् ।
गएको चैत्र २६ गतेबाट सुरु महायज्ञ वैशाख ३ गते भोलि समापन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।